Skip to content


दार्जिलिङलाई हिजआज
बन्द हुने रोग लागेको छ
किन नलागोस भाइ
कल्कत्तालाई दार्जिलिङको
सुख शान्तिको भोक लागेको छ ।

दार्जिलिङ चकमन्न छ
महोदय !
शान्त छैन,
दार्जिलिङ पहाड होइन
धैर्यको सागर हो
दार्जिलिङलाई धैर्यको परीक्षा नलेऊ
महोदया !
जुनदिन दार्जिलिङको धैर्यताको सीमाले
पराकाष्टा नाग्छ
त्यस दिन तिम्रो अस्ति पञ्जड
डिला हुनेछ ।

दार्जिलिङ आज रुग्न छ
कारण तिम्रो कुटनीतिको
मन्द-विषको प्रभावले ।

तिम्रो सपनाको खेती गर्ने खेत बारी होइन
दार्जिलिङ ।
गोर्खाको रगत-पसिनाले भिजेको
गोर्खाको भाषा-साहित्य, कला-संस्कृति,
गीत-संगीतको फुलबारी हो ।
अब सपना देख्न छोडदेऊ
फ्रायडको दृष्टिमा
तिम्रो सपना मात्र एउटा यौवन आवेगको
उपज हो ।

तर दार्जिलिङ तिम्रो सपना होइन
हामी गोर्खाको हकिकत हो ।

-अमर निराकार राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *