कोपिला भोलि फूल हुञ्छ
प्रकृति झैँ सुन्दर हुन्छ
चिने त्यो रुप रंग उस्को
स्वर्ग तुल्य संसार हुन्छ
सबै समान उस्ले मान्दछ
कर्मनै सच्चा उस्ले ठान्दछ
आमा र बाबामा कैले ऊ
भेदभाव कत्ति गर्दैन
ठुला ठालु जस्तो स्वार्थमा
समाजमा द्वन्द छेड्दैन
मिलेर बस्न रुचाउँछ
बिहानी जस्तै उदाउँछ
पानीको जात निर्मल त्यो
मिलाए रंग फरक त्यो
ढंग नमिले बिष बन्यो
मिले मात्रा अमृत जन्यो
तरल त्यो लिन्छ आकार
जस्तो भाँडो त्यस्तै प्रकार
प्रकाश खड्का
भक्तपुर/ हाल बोस्टन
कविता राम्राे लाग्यो ।
कविता राम्राे लाग्यो ।