Skip to content


बहुमूल्य हिरा मोती हेर्दा आकर्षक छ त्यो
कठिन भेट्न पृथ्वीको गर्भमा भेट्दछ त्यो
देख्दा सुन्दर बुट्टामा स्वर्णिम जुहारत त्यो
रसायन बिना जोडिन्छ कहाँ जुहारत त्यो

कति राम्रो औषधी हुन्छ शिलाजित त्यो
भेटिन्छ अफ्ठेरो पहरा कन्दरामा मात्र त्यो
सुन्दर फूल गुलाव को मन पराउदैन त्यो
बोटमा काँडै काँडा टिप्नै गार्हो हुन्छ त्यो

सुन्दर क्षितिज जस्तै झुटो छ संसार यो
खोज्दा सत्य यहाँ कतै पनि भेट्दैन त्यो
सुन्दर मन कमै भेटिन्छ सयौमा एक त्यो
मुखमा भन्छ कठै पछाडि जाल बुन्छ त्यो

हिऊँ ओढेर हाँसेको छ सुन्दर हिमाल त्यो
देखे जस्तो चढ्न सजीलो पक्कै छैन त्यो
नपढी मुर्ख कालिदास विद्वान कसरी त्यो
असल चिज भेट्न पक्कै सहज छैन त्यो

बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *