Skip to content

तिम्रो र मेरो बाँच्ने एउटै आधार


तिम्रो र मेरो बाँच्ने एउटै आधार छ
मन मिल्नुपर्छ सपना साकार छ

अरूले तारा अनि जुनको सपना देलान
तिमीलाई सिङ्गो संसार दिने विचार छ

तिमी जुन सपना देखेर रात बिताउँछ्यौ
यता मेरो आँखामा पनि सबै साभार छ

शहरमा चर्चा हाम्रै प्रेमको चल्दै गर्दा
अनायाससँगै उनी हराएको समाचार छ

रामकृष्ण अनायास

Leave a Reply

Your email address will not be published. Required fields are marked *