Skip to content

जस्तो छ यहाँ त्यस्तै नै चल्छ
यस्तै छ यहाँ यस्तै नै चल्छ
चले पनि चल्छ यहाँ नचले’नी चल्छ
चुप लाग धैरै नबोल
भित्ताको’नी हुन्छ कान
सावधान !

बुद्धिप्रसाद अमेरिका
बलबहादुर गयो खाडीमा
यता सधैँ अनिकाल छ
अक्कल भुट्छन् हाँडीमा
सधैँ नै हानाहान
सधैँ नै तानातान
शक्तिको लागि
भाइले भाइको लिन्छ ज्याऩ
चुप लाग धैरै नबोल
भित्ताको’नी हुन्छ कान
सावधान !

गुदी जति कसले खायो
बाँकी थियो बोक्रा
बोक्रा पनि लुटीलुटी
भर्न थाले धोक्रा
जसले जान्यो झेल
उसले जित्यो खेल
जति ठूलो चोर भयो
उति धेरै सम्मान
चुप लाग धैरै नबोल
भित्ताको’नी हुन्छ कान
सावधान !

रचना : प्रमोद ढुंगाना
संगीत : सुरेश अधिकारी
स्वर : जेम्स प्रधान
चलचित्र: सावधान
रेकर्ड वर्ष : 2०६१ साल

Leave a Reply

Your email address will not be published. Required fields are marked *