Skip to content

जापानमा १५० औं महाकवि सिद्धिदास जयन्ती सम्पन्न


कुमार बज्र, टोकियो

वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको तत्वाबधानमा नेवार साहित्यका महाकवि सिद्धिदास महाजुको सम्झनामा सेप्टेम्बर ८ तारेख शुक्रवार, २०१७मा एक साहित्यिक कार्यक्रमका साथ टोकियोमा १५० औं जन्म जयन्ती शिबुया चुबाकी गार्डेनको सभा हलमा भव्यरुपमा सम्पन्न गरेको छ ।

समारोहलाई सम्बोधन गर्नु हुँदै संस्थाका प्रतिनिधि जनकराज शाक्यले महाकवि सिद्बिदास महाजुको योगदान बारे चर्चा गर्नु हुँदै देश बिदेशमा छरिएर रहेका नेपाली जन समाज बीच सिद्धिदासको संदेश पुर्याउन अभियानको रुपमा १५० औ जन्म जयन्तीलाई बिसेष कार्यक्रमको रुपमा अगाडि बढाइएको र येस्मा नेपाली साहित्यकार र साहित्यिक संस्थाहरुको भूमिका महत्वपूर्ण भएको कुरा प्रकाश पर्नुभयो ।

अर्का प्रतिनिधि प्रकाशलाल श्रेष्ठले बिदेशमा बसेर नेपाल र नेपालीको पहिचान जोगाउन नेपाल भाषा र साहित्यको संरक्षण हुनु जरुरी भएको कुरा औल्याउनु हुँदै महाकवि सिद्बिदास महाजुको योगदान सामाजिक एकिकरणको दिशामा उन्मुख रहेको कुरा चर्चा गर्नु हुँदै येस्मा नेपाल सरकारबाट आवश्यक कदम चाल्नु पर्नेमा जोड दिनु भएको थियो l

संस्थाका प्रतिनिधि कृष्णबदन जोशीले महाकवि सिद्बिदासको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो । चुबाकी गार्डेनको हलमा सहभागी सबै साहित्यकार, साहित्यानुरागी तथा साहित्यप्रेमीहरुलाई समारोहका सदस्य शर्मिला शाक्यले स्वागत भाषण गर्नुभएको थियो ।

उहाले टाढा टाढा देखि आफ्नो काम काज सबै छोडेर यो कार्यक्रममा आइदिनुहुने सम्पूर्ण उपस्थित महानुभाव हरुमा समारोह संस्थाको तर्फबाट र आफ्नो तर्फबाट पनि हार्दिक स्वागत अभिवादन गर्दछु, भन्नुभयो ।

कार्यक्रमको अन्त्यमा सभाका सभापति सुनिलकुमार शाक्यले आजको यो भव्य कार्यक्रममा साहित्य प्रेमी संघ संस्था, कवि, कलाकार, तथा साथीहरू तथा बिसेष गरी जापानमा हुनु भएका साहित्यकार तथा साहित्यानुरागी साथीहरुको बीचमा यो ऐतिहासिक कार्यक्रम सफल पार्न पाउदा गौरबान्वित भएको र यहाँ उपस्थित सबै साथीहरुलाई हार्दिक धन्यवाद दिदै यो कार्यक्रम सम्पन्न भएको घोषणा गर्दछु, भन्नुभयो ।

जापानमा सिद्धिदासको स्मरण गर्दै साहित्यिक कार्यक्रम पहिलो पटक गरिएको हो । सिद्धिदास जयन्ती मनाउने क्रममा जापान निवासी साहित्यप्रेमीहरुको साहित्यक रचना र कविता प्रस्तुत गरिएको थियो ।

महाकवि सिद्धिदास महाजुलाई नेवार साहित्यमा विशेष सम्मान र महत्वका साथ हेरिन्छ । सिद्धिदास महाजुले नेपाल भाषा साहित्यलाई पुनर्जागरण गर्न नेपाल भाषामा खण्डकाव्य, महाकाव्य, विविध विधाका कयौं पुस्तकहरू नेपाल भाषामा काव्यात्मक रुपले प्रस्तुत गरेका थिए । यस बाहेक उनका अन्य फुटकर कृतिहरू नेपाल भाषामा रचता गरिएका छन् । सिद्धिदास महाजुको जन्म नेपाल सम्बत ९८७ ञलागा २ आईतवारका दिन भक्तपुरको सुकुलढोकामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *