Skip to content

ज्ञानी नानी

GokulKhadka


बाल सूर्य जस्ता साना ज्ञानी नानी
फुल बन्ने तरखरका कोपिला हामी !

बाबा आमा सबैका हुन्छौं हामी ज्ञानी
सानै देखि लिएका छौं राम्रो बन्ने बानी !

सर सफाइ गर्नलाई सिक्दै छौं हामी
पढी लेखि ठुलो मान्छे बन्नु पर्छ हामी !

झुट्टो बोल्नु हुन्नरे बोल्दैनौ जानी जानी
ठुलाका आदर गर्छौं अर्ती बुद्धि मानी !

मिठो बोल्छौँ साँचो बोल्छौँ बन्नलाई ज्ञानी
साथी संगी मिली बस्छौं राम्रो हाम्रो बानी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *