Skip to content


मन यो मेरो हजुर गर्दैछ कि कसुर
लाग्छ अनौठो केही
धड्कनको तालमा चल्छ समय पनि
गर्दै इशारा केही
खै कसको दोष हो कस्तो मदहोसी हो
चल्दैछ जादु केही

आज मनको कुरा सुन मनैको कुरा बोल
मनमा नराख भाव मन फुर्न देऊ
मनै त हो नि बैरी मनै त हो नि साथी
मनकै कुरामा आज मनलाई भुल्न देऊ

जल्दैछ रुपको आगो छु मै बेकाबु
पग्लिदैं छु मैन सरी
कस्तो चल्यो कस्तो हावा उमंग छ आहा
मन फुल्यो कि बहार सरी

ललल यो धर्ती छोडे जस्तो
पंक्षी भै पंक्षी भै उडे जस्तो

आतिन्छ मन मेरो काँप्दैछ तन मेरो
लाग्छ अनौठो केही
धड्कनको तालमा चल्छ समय पनि
गर्दै इशारा केही
खै कसको दोष हो कस्तो मदहोसी हो
चल्दैछ जादु केही

आज मनको कुरा सुन मनैको कुरा बोल
मनमा नराख भाव मन फुर्न देऊ
मनै त हो नि बैरी मनै त हो नि साथी
मनकै कुरामा आज मनलाई भुल्न देऊ

तिमी लुक आज ममा अनि म तिमीमा
हराऊँ हामी यसरी
केही तिम्रो केही मेरो पैचों न उधारो
समर्पण गरौं यसरी

नाचौंला हामी जिन्दगीको गाना
भरौंला खाली जिन्दगीका पाना

आतिन्छ मन मेरो काँप्दैछ तन मेरो
लाग्छ अनौठो केही
धड्कनको तालमा चल्छ समय पनि
गर्दै इशारा केही
खै कसको दोष हो कस्तो मदहोसी हो
चल्दैछ जादु केही

आज मनको कुरा सुन मनैको कुरा बोल
मनमा नराख भाव मन फुर्न देऊ
मनै त हो नि बैरी मनै त हो नि साथी
मनकै कुरामा आज मनलाई भुल्न देऊ

शब्द – कालीप्रसाद बाँस्कोटा, सविन एकतारे
स्वर – सनुप पौडेल, पुष्पा गुरुङ
संगीत – कालीप्रसाद बाँस्कोटा
मञ्जरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *