Skip to content

वियोगान्त उपन्यास स्मारिकाको एक झलक


परिचय–
कावासोती नगरपालिकामा आजकल युवाहरू साहित्यको विकासको लागि लागिपरेको पाइन्छ । यहाँ कहिले एकल कविता वाचन हुन्छ भने कहिले युगल गजल वाचन तथा गजल गायनका कार्यक्रम भएको पाइन्छ । साधाना सङ्गमको मासिक साहित्यिक कार्यक्रम एनकेन चलेकै छ । साहित्यिक संस्थाहरूले पनि साहित्यिक कार्यक्रम फाटफुट सञ्चालन गरेको पाइन्छ ।मध्यविन्दु, सामर्थ्य, नवलपुर र कावासोती एफएमहरूले पनि साहित्यिक कार्यक्रम सञ्चालन गरेर साहित्यको सवलताको लागि सेवा पुर्याइरहेका छन् । देउचुली र स्टार च्यानल पनि साहित्यिक कार्यक्रममा सकृय देखिन्छन् ।कृतिहरू पनि प्रकाशन भै रहेकाा छन् । कमृति प्रकाशनको सन्दर्भमा, २०५४, पिँडीखोलामा पिता तिलक चापागाई र माता सीता चापागाईको पुत्ररत्नको रूपर्मा जन्मनु भएका सुदीप चापागाईले स्मारिका नामक एउटा चाखिलो र रसिलो उपान्यास लिएर हाम्रोसामु उपस्थित भएका छन् । हुनत नेपाली उपन्यासले आजसम्म फड्को मारिसकेको छ तापनि सुदीप चापागाईको यो नविनतम उपन्यासले उपन्यास क्षेत्रमा एउटा कृति थप्न सघाउ पुर्याएको छ ।

कृतिको संरचना –स्मारिका उपन्यास आवरण पृष्ठ बाहेक ९६ पृष्ठको छ । यसको प्रकाशन त्रिवेणी साहित्य परिषद् नवलपरासीले गरेको छ । मूल्य २२५/–रु राखिएको छ । यस कृतिको प्रकाशकीय प्रा.डा. नारायणप्रसाद खनालले लेख्नुभएको छ । यस कृतिले कसैको भूमिका पाएको छैन तापनि प्रा.डा. नारयणप्रसाद खनालले प्रकाशकीयमा नै यस उपन्यासको उच्च मूल्याङ्कन गर्दै लेख्नुहुन्छ – ‘‘सिकारु स्रष्टाको सृजना भए तापनि आधुनिक सञ्चारका केही ट्रिकहरूको समेत उपयोगले रोचक बनेको छ’’ । स्वय म उपन्यासकारले लेख्नुहुन्छ –‘‘प्रेम दुई अक्षरले बनेको हुन्छ तर जहाँसम्म मलाई लाग्छ यी नै दुई अक्षरभित्र सारा संस।र अटाएको छ ’’ । वास्तवमा यो वियोगान्त प्रेमको आँसुले सिँचित यो उपन्यासमा सुदीपजीले प्रेमका भावनाहरू निकै बगाउनु भएको छ । कतै प्रेमरोमाञ्चको रसिलोपनामा सबैलाई खुसदिल बनाउनुहुन्छ भने कतै आफै रुने र पाठकलाई रुवाउने काम पनि गर्नुहुन्छ ।

कथा सार – कावासोतीमा बसोबास गर्ने स्मारिका र स्मरणको भेट बसमा भएको र स्मारिका दलदलेमा गाडीबाट ओर्लिएको तर यहाँ कुनै वार्तालाप हुन नसकेको । स्मरण फर्कदा तिनै स्मरणकी ड्रिमगर्ल उनकै सिटमा बस्न पुग्छिन् । यस पटक दुवै जनाको वार्तालाप सुरु हुन्छ । स्मरण स्मारिकाको रूपमा निकै आकर्षक हुन्छन् तर स्मारिका भने सागरसँग आकर्षक भएकी र सागरले स्वार्थपूर्ति गर्न अर्था शारीरिक सन्तुष्टि चाहेको तर स्मारिकाले स्वार्थपूर्ति गर्न सहमत नभए पछि स्मरणसँग उसको प्रेमको मार्ग अघि बढ्छ । स्मरण र स्मारि।काको प्रेम गाढा बन्दै जान्छ । पार्कमा भेटघाट तीब्र बन्दै जाँदा स्मारिकाको दाइले दुवै बीचको प्रेममा आलिङ्गन गर्दा देखेपछि, यी दुवैलाई अलग्याइ दिए र फिनल्याण्डमा पुर्याइ दिन्छन् । स्मारिकाको विवाहको निधो भयो । आफ्नो इच्छ्या विपरित विवाहमा हुने भए पछि स्मारिकाले आत्मा हत्या गरेको कुरा स्मरणले जानकारी प्राप्त गरेर आँखाबाट आँसु झारदै उपन्यासको कथा समाप्त हुन्छ । कथा मार्मिक छ । प्रेमका घटनाक्रमहरू पनि उतार चढाव छन् । दुवैमा तड्पन छ । मिलनको सम्भावना क्षिण हुँदै गएकोछ ।

उपन्यासले दिन खोजेको सन्देश – आजका युवा युवतीले प्रेमको मार्ग अवलम्वन गर्छन् । प्रेम गर्नु अपराध होइन तर घर परिवारले छोरा या छोरीले चाहेको प्रेमको मार्गलाई स्वीकार्य गर्छन् या गर्दैनन् । यदि स्वीकार गर्दैनन् भने पनि प्रेम बन्धनमा बाँधिएपछि हिक्मत गर्नु पर्छ र वैवाहिकतामा जोडिन सक्नु पर्छ । यस उपन्यासले त्यो मार्ग अवलम्वन गर्न सकेको छैन । स्मारिकालाई सागरले यौन उपभोकको लागि अगाडि बढाएको हुन्छ तर स्मारिकाले यौन शोषणबाट मुक्त हुन खोज्नु र त्यस्ता नरपिचासबाट मुक्ति लिनु निश्चय पनि सवल पक्ष हो तर स्मरणलाई वागमा बोलाएर सागरसँग आफू टाँसिएको स्मरणलाई देखाउनु, स्मरणले उसको रूपमा मोहित भएर सागरकी प्रेमिकाकापछि लाग्नु र उसलाई आफ्नो समिप आएको मा, ‘‘ त्यो दिन म निकै खुसी थिएँ, स्मारिकालाई पाउन गरेको तपस्याको फल मिलेको थियो । मलाई कताकता लाज मिश्रित डर लागिरहेको थियो’’, भन्नु पनि कता कता नाटकीय प्रस्तुति जस्तो लाग्छ । स्मरणले यौन सम्पर्क र मायालाई एउटै डोरीमा बाध्न नहुने धारणा जो प्रस्तुत गरेका छन् ।सच्चा प्रेम मनबाट गरिने र भौतिक शरीरबाट होइन भन्ने निश्चय पनि एउटा सवल पक्ष हो । आजको युगमा पनि हाम्रा युवा युवतीहरूले आफ्नो जीवन साथी स्वतन्त्ररूपमा छनौट गर्न पाउँदैनन् । अभिभावकको बन्धनमा जेलिनु परेको छ र जीवनभर तडपिएर जीवन बिताउन बाध्य छन् युवा युवतीहरू । अध्ययनको क्रममा सानो उमेरमै प्रेममा आकृष्ट हुनाले आफ्नो अध्ययनको निर्दिष्ट उदेश्य हाँसिल गर्न नसकेको सन्देश दिएको छ । उपन्यासले आधुनिक संचारको माध्यम जस्तै मोवाइलले आजको समाजलाई सुधारमुखी बनाउनुको सट्टा विकृतितिर मोडेको छ । यस उपन्यासको विक्रम पात्रले स्मारिका बनेर स्मरण बीच बात मारिहेको हुन्छ । यस्ता वित्रृmतिहरू छ्यापछ्याप्ती देखिन्छन् । युवा युवती यस्तो काममा सतर्क हुनु पर्छ भन्ने सन्देश पनि उपन्यासले दिएको छ । फेसबुकको आइडी कसैले कसैलाई दिन हुँदैन भन्ने सन्देश पनि यस उपन्यासले दिन खोजेको छ ।

भाषा शैली – भाषा सरल छ, प्रस्तुति पनि राम्रो छ । मिठास भर्न अङ्ग्रेजी शब्दहरू प्रयोगमा ल्याइएका छन् । भाषागत शुद्धताको हिसावले हेर्दा यसलाई निश्चय पनि सहस्र स्वकिारोक्ति मानिदैन तर अङ्ग्रेजी शब्दहरू जो जनजीव्रोको रूपमा प्रयोगमा आएका छन्लाई प्रयोग गर्नु पर्छ भन्ने मेरो आफ्नो धारणा छ ।

शीर्षकी करण –स्मारिकाको साराजीवनको यथार्थतालाई प्रष्ट्याउने जुन प्रयास गरिएको छ, त्यसको आधारमा हेर्दा शीर्षक सार्थक छ ।

पात्रहरू–स्मारिका र स्मरण मुख्य पात्रको रूपमा देखिएका छन् तापनि सागर स्मरणभन्दा पहिला देखा परेको तर स्वार्थी भएकोले स्मारिकाले ग्रहण गर्न नसकेको पात्र हो । विक्रम स्मरणको साथी भए पनि स्मारिका बनेर फेसबुकमा स्मरणसँग कुरा गर्ने व्यक्ति, सीमा स्मारिकाकी असल साथी जस्ले विकmमलाई स्मारिकाको फेसबुकको आइडी दिएकी थिई । सङ्गीता सीमा र स्मरण मिल्ने साथी । सुदीप र स्मारिको दाजुर आमा र बाबु पनि यस उपन्यासका पात्र हुन् । स्मारिकासँग विवाह निधो गरिएको युवक पनि यस उपन्यासको पात्र हो । वास्तवमा यसमा भएका पात्रहरू सबै साधारणा छन् । सागर प्रथम प्रेमिकाको रूपमा देखिए पनि यो नायक बनेर नायिकालाई डोर्याउन सकेको छैन केवल शारीरिक सम्बन्धमा टेवा दिएको छ । स्मरण र स्मारिकाले पनि प्रेममा जति नजिक भए त्यति समाजको बन्धनलाई तोडन सकेका छैनन् । दुवै तड्पिएका छन् र यिनीहरूको वियोगान्त पीडामा पिल्सिंदै स्मारिकाले आत्महत्या गरेकी छन् भने स्मरणले प्रेममा जीवनलाई तहस नहस पारेका छन् ।

परिवेश–कावासोती, नारायणी नदी किनार वागहरू, दलदले, काठमाडौ, फिनल्याण्डको परिवेशमा लेखिएको उपन्यास हो यो ।

अत : उपन्यासकारले रसिलो रूपमा उपन्यासको प्रस्तुति गरेका छन् । उपन्यासको कथा यथार्थ हुन सक्छ । काल्पनिक कथाको आधारमा उपन्यासकारले उपन्यास लेखेको भएमा वियोगान्त नभै दुवैको मिलन गराइएको भए उपन्यास अति उ्च्च हुन्थ्यो जस्तो लाग्छ । उपन्यासकारले प्रयोगमा ल्याएक उद्गारहरूले उपन्यासलाई पढौ पढौ जस्ताो बनाउँछ र आनन्द पनि दिन्छ । प्रथम प्रयास भए पनि उपन्यासकारको प्रयासको प्रशंसा गर्दै चाँडोभन्दा चाँडै नयाँ कृतिको अध्ययन गर्न पाइवस भन्ने सुभइच्छ्या राख्दै बिदा चाहन्छु ।

धन्यवाद
कावासोती, वडा नं ७, नवलपुर
२०७४ साल भाद्र २६ गते,

Leave a Reply

Your email address will not be published. Required fields are marked *