Skip to content

को ठूलो ? (लघु कथा )

गोपालीलाई सानैदेखि बाँसुरी बजाउन साह्रै मनपथ्र्यो । ठूलो भएपछि उनले बाँसुरी बजाउन ठूलाठूला बाँसुरीबादकहरुकहाँ चहारे र सिक्दै पनि गए । तर जत्ति सिक्दा पनि जुन गुरुबट पनि “अझै भएन, अझै भएन ” भन्ने मात्र गुनासो सुन्नु पथ्र्यो । हुनत गोपालीले प्रयास नगरेका होइनन् । तर गुरुले “यो मिलेन ऊ मिलेन” भनेकाले गर्दा उनले कुनै पनि कार्यक्रममा भाग लिएर धन आर्जन गर्न पाएनन् ।

मतलब उनीसँग आफूसँग प्रतिभा प्रचुर मात्रामा भएता पनि, प्रतिभा प्रष्फुटन गर्न भने पैसा खर्च गर्न सक्दैनथे न नै कुनै त्यस्ता आफूले अरुलाई समर्थन गर्ने र त्यसको बदलामा आफूलाई समर्थन गराउन कुनै तिकडम जानेका थिए । तर सङ्गितप्रतिको उनको लगाव तथा लगन प्रचुर मात्रामा भएकाले गर्दा उनले आफूले अवसर नपाएकाले दाह्री पालेर वैराग भएर बाँसुरी बजाएर बस्थे ।

यसरी उनी सधैँ कमाउने कुनै पनि काम छोडेर वैराग भएर बाँसुरी बजाएर बस्न थाले । यसैका कारण उनी कङ्गाल भइसकेका थिए । तर दिनको एकपटक आफूलाई मनपरेको बाँसुरी बजाएर बस्थे । एकदिन छाप्रोमा बसेर बाँसुरी बजाइरेका थिए, त्यो सुरीलो धुन सुनेर मानिसहरु मुग्ध तथा लठ्ठ पर्न थाले । एक कान दुइकान मैदान हुँदा हुँदा उक्त छाप्रोको नजिक श्रोताहरु बाँसुरीको सुरीलो धुन मुक्त कण्ठले प्रशंंसा गरी सुन्न आउन लावालश्करै हुन थाले । यसरी दैनिक रुपमा श्रोताहरु जम्मा भएपछि उनलाई ठूला बाँसुरीवादक ठानेर ठूलाठूला बाँसुरी वादकहरु उनीकहाँ बाँसुरी सिक्न आउन थाले ।

उनीसँग बाँसुरी सिक्न आउनेमा “अझै भएन, अझै भएन ” भन्ने उनका पहिलेका गुरुहरु पनि थिए । तर गोपालीले उनीहरुलाई पनि सिकाए तर उनले आफ्नो गुरुहरुलाई आफ्नो नाम त्यसपछि “पायल” भन्न थाले । उनका गुरुहरुले तथा उनीसँग सिकेका उनका शिष्यहरुले पनि उनीबाट धेरै कुरा सिकेर प्रख्यात भए, सुविख्यात प्रवल पदक त कत्ति पाए कत्ति । उनले त उनका पहिलेका गुरुहरुलाई चिने तर गुरुहरुले कुनै मेसो पाएनन् ।

उनी अहिले यस दुनियाँमा छैनन् । तर उनले मरणोपरान्तै पनि कुनै पनि पुरस्कार पाएका छैनन् तथा उनी बाँसुरीवादक भएको प्रमाण शुद्धा कतै मेसो छैन ।

सलाम छ मेरो ती गोपाली–पायल विश्वविख्यात बाँसुरीवादकलाई ।

२०७४ भदौ ३१
बिजु सुवेदी “विजय”
भक्तजनमार्ग, काठमाण्डौं
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *