Skip to content

तिमीलाई प्रश्न (गजल)


नाता थाहा छैन बोलाउँ को भनी ?
व्यथा यो मनको सुनाउँ को भनी ?

जिन्दगीको यात्रामा साथ चाहिन्छ
साथ दिने हात समाउँ को भनी ?

लेखिएको यो भाग्यमा को छ को छ ?
सम्झी आफ्नै तिमी रमाउँ को भनी ?

हजारौँको यो भीड छिचोलेर म
तिमीलाई मनपराउँ को भनी ?

छ तिम्रै आभास हरपल यो दिलमा
दिउँ यो दिलमा म ठाउँ को भनी ?

जे आर “आभास”
२०७४.०४.१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *