Skip to content

डलासको उच्च भवन

IMG_5759

डलासको उच्च भवन

टेक्सासमा डलासै नै , पर्ने रहेछ एउटा ।
नेपाली भूमिको कैयौँ, गुणा फराक विस्तृत ।

डाउन टाउनै किंवा, तल्लो बजारका ठुला ।
त्यसै स्थान रहेका यी, ताँती भवन ती ठुला।

पैँतालिस झिकी राखौँ, त्यस्मा चारसयै थपौँ ।
जतिहुन्छ नि त्यतीफीट, अग्लो रहेछ त्यो बुझौँ ।

तला रहेछ चौंतीस, जमीन माथि ठुल्ठुला ।
सक्दिन भन्न ऐले, कोठा संख्या सवै पुरा ।

सोधियो गुगलै ज्ञानी, जान्ने सुन्ने भनेर नि।
उनले पनि सकेनन् , सत्य यो हो कुरा भनी।

होटेल अफिसै धेरै, रहेछन् त्यसमा पनि।
सुनेँ सत्ताइसौँ उच्च, अम्रिकी भवनै भनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *