• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

मगन्ते म

bhuwan.np — Sat, 04/27/2019 - 19:08

  • सामाजिक कथा
  • भुवन त्रिपाठी

काठमाडौंको बसाइँ भनेपछि सधैंसधैंको हतार त हुने नै भयो । काठमाडौं खाल्डामा पढ्न होइन पढाउन कलेज धाउन थालेको पनि केही वर्ष भएको थियो । कोठाबाट कार्यक्षेत्रमा निस्कने गल्लीको केही पर गणेश मन्दिर थियो । प्राय: जसो दिन एउटा मगन्ते मन्दिरको छेउमा थोत्रो कपडा फिजाएर माग्न बस्थ्यो। ऊ पागल हो कि सद्धे हो कहिल्यै बुझ्ने फुर्सद भएन ।

त्यस टोलमा म बस्न थालेको पनि चार वर्ष भइसकेको थियो । उसले पहिलो दिनदेखि नै प्रत्येक दिन स्वागत र बिदाइ गरेकै थियो । भौतिक रूपमा अपाङ्ग नभए पनि मानसिक रूपमा त अपाङ्ग हुनैपर्छ किनकि बृद्ध अवस्था नहुँदै काम नगरेर मन्दिरको सहारा लिएर मागेर जीवन चलाउँदै थियो ।

कर्ममा विश्वास गर्ने स्वभाव भएर सुरुसुरुका दिनमा हाँसेर शिष्टचार देखाउँदै हात फैलाए पनि केही दिन चाहिँन तर सधैं एउटै ठाउँमा देखेर होला परिचित जस्तो हुनथालिसकेको थियो । साथै पैसा नदिँदा पनि पुनः अर्को दिन पनि हाँसेर त्यहीँ नियमित कर्म गरेको देखेपछि तलब बुझ्दाको दिन एव म त्यस्तै खुसी हुँदाका दिनमा दुईचार रुपैयाँ दिन बाध्य भएको थिएँ । यो कार्यले चार वर्षको निरन्तरता पाएको भए पनि औपचारिक रूपमा त्यो मगन्तेसँग बोल्ने र केही कुरा सोध्ने समय मिलेन एवम बोल्न चाहिनँ ।

सधैंझैँ आज पनि ऊ आफ्नो ड्युटीमा थियो म पनि आफ्नो ड्युटीमा जाने हतारमा थिए । अरुदिनभन्दा बढी दुई हात जोरेरै शिष्टाचार व्यक्त गर्दै थियो तर कलेज जान ढिलो भएकाले कुनै वास्ता नगरीकन बाटो लागेँ । पछिल्लो समय कामको चाप केही कम भएको थियो किनकि दुईचार वर्ष पढाएको कलेजबाट प्राप्त हुनुपर्ने रकमको बक्यौता ठूलै भइसकेको हुनाले अब पनि निरन्तरता दियो भने तातो दूध निल्नु कि उकेल्नुहुन्छ भनेर बाँकी तलब दिए देलान नभए कुनै जुनीमा ऋण खाइएको थियो, ऋण चुक्ता भयो भनेर छोडौला भन्ने निष्कर्षमा पुगेर छाडेको थिएँ । दुईचार महिनाको रस्साकसीपछि रकम प्राप्त गर्न सफल भएको थिएँ । मन खुसी हुँदै फर्किएको थिए किनकि नआउला भनेको रकम प्राप्त भयो ।

सधैंको मगन्तनारानले मेरो खुसी थाहा पाए जस्तो गरेर खुसी हुँदै हात फैलायो । उसको प्रस्तुति सधैंको एउटै होला तर मलाई त्यस दिनको बिदाइ र स्वागत विशेष जस्तो लागेको थियो । विचाराप्रति सहानुभूति लाग्यो जीवनभर पेटभरि खान पाएको छैन होला ? दुईचार हजार पाए त सानोतिनो नाङ्लोमा राखेर गरिने पसल थापेर बस्ला र केही सहज तरिकाले जीवन चलाउला जस्तो लाग्यो ।

म उसको अगाडि केहीबेर उभिएँ उसले थापिरहेको थोत्रो लुगा र अनुहारमा पीडा र अभाव देखेँ । उसले थपेको झुत्रो टालोमा केही पैसा जम्मा भइसकेका थिए । कार चढ्नेहरूले खानेभए भनेर माया मारेको पैसा आफ्नो गोजीमा छदैथियो त्यसैले मगन्तेको दु:खमा पनि केही सहयोग गर्ने रहर जाग्यो र गोजीवाट हजारका तीनवटा नोटहरू झिकेर मगन्तेको हातमा थमाइदिएँ । मगन्ते पनि आश्चर्य चकित पर्यो । अरू दिन एकदुई रुपैयाँ दिन कन्जुस्याइँ गर्ने मानिसले कसरी दियो भनेर होला ? वरिपरिका मानिसहरू पनि गहिरिएर हेर्दै थिए ।

मगन्तेलाई तीन हजार दिने पक्कै पनि यो पागल हो भन्ठान्दै होलान् ? तीन हजार दिँदा सुरुमा त मगन्तेले विश्वास नमानेर लिउँ कि नलिउँ भन्ने दोधारमा देखिन्थ्यो । जब मैले यो पैसा राख, माग्ने काम छाडेर सानोतिनो नाङ्ले पसल थाप भनेपछि हजुरको जय होस् भन्दै खुसी भएर पैसा राखेको थियो ।

मानिस त्यसमा पनि म जस्तो मानिसलाई खुसी हुन एव म आत्मसन्तुष्ट हुन ठूलो कुरा नै चाहिँदैन । आज खुसी हुने दुईवटा कुरा पाएको थिएँ । भोलिपल्ट कलेज जान निस्कदाँ सधैं झैँ गणेश मन्दिरको छेउमा हात फैलाएर स्वागत र बिदाइ गर्ने मानिस थिएन । सधैं देखिरहेको मानिस नदेख्दा सुरुसुरुमा त के छुट्यो के छुट्यो हुँदो रहेछ । एउटा मगन्तेको जीवन सुधारेकोमा भने भित्रभित्र गौरवान्वित महसुस गरेको थिएँ ।

यो हप्ता विशेष खुसी भएको देखेर हो कि बिहीबारको दिन बिदा परेकाले हो, गृहलक्ष्मीजीले आज बङ्गलामुखीदेवीको दर्शन गर्न जाने प्रस्ताव राखिन । उनको खुसीको लागि केही कुरा त स्वीकार गर्नैपर्छ नत्र झगडाको निहुँ बन्छ ।

मन्दिरको समीप पुग्दा टाढैबाट देखेँ मेरो परिचित मगन्तनारान मन्दिरको अर्को छेउमा गणेश मन्दिरकै शैलीमा माग्दै रहेछ । टाढैबाट प्रष्ट देखेँ । उसले पनि मलाई सिधै देख्यो तर मन्दिरको छाया परेर लुक्न खोज्दै थियो । म सरासर ऊ भएको ठाउँमा पुगेँ । उसले सङ्कोच मान्दै शिष्टाचार व्यक्त गर्यो । मेरो सहयोगको अवमूल्यन भएको महसुस गरेर म भित्रभित्र रिसले आगो भएको थिए तर केही क्षण केही बोलिनँ । उसले पनि मलाई नै हेरिरहेको थियो । आज त उसलाई केही पाठ सिकाएर जाने विचार गरेर भनेँ "ए भाइ मैले दिएको पैसा के गर्यौ र ? फेरि माग्न थालेछौ ? नाङ्ले पसल खोलेर आत्मनिर्भर बन भनेको होइन ?"

"हो हजुर म त आत्मनिर्भर नै छु नि मेरो लागि अरु कसले माग्देको छ र ? मैले नै मागेको त छु?"

मलाई पारा तातेर आयो । त्यो मगन्तेलाई अटेर विद्यार्थीलाईझैँ एक थप्पड पिट्न मन थियो तर पिट्ने आधार थिएन के गर्ने ? अनि भाइ मैले दिएको त्यत्रो रकम के गर्यौ त ? ऊ मुसुक्क मुस्कानका साथ भन्दै थियो त्यो पैसाको के कुरा गर्नुहुन्छ हजुर ? त्यसरी त मैले यो माग्ने पेसाबाट दैनिक १४/ १५ सय त नियमित कमाइ गरिराछु नि सबै रकम बचत हुने हो भने त मेरो पनि महिनाको ४०/५० हजार बचत हुन्थ्यो नि ? के गर्नु हजुरलाई नि थाहा छँदैछ नि ! यो पापी पेट त पाल्नै पर्यो नि ! दिउँसो दु:ख गरे पनि बेलुकी त मस्ती गर्नै पर्यो नि? होइन र हजुर ?? अब म बोल्ने अवस्थामा थिइनँ । मेरो सुटटाईँ र मेरो ज्ञानले ३०/३५ हजार कमाउन सकेको थिएन तर उसले झुत्रो टालो थापेको आधारमा मलाई चुनौती दिइरहेको थियो । खासमा त मगन्तेको हैसियतमा म पो रहेछु त्यस दिन बोध भएको थियो ।

आज मध्यरातसम्म निदाउन सकिरहेको छैन किनकि मलाई ठूलै कुराको ज्ञात भएको थियो । मेरो देशलाई गरिब देखाएर राज्य सञ्चालन गर्नेहरूले विदेशी दातृनिकायसँग किन हात फैलाइरहेका छन् भनेर ......बुझ्दैछु । मन्दिर फेर्ने मगन्ते र डोनर फेर्ने सुकिला मगन्तेको भीडमा म कहाँ छु खोज्दैछु । प्रत्येक निद्राको प्रहरमा घरिघरि त्यो मगन्ते अनि घरिघरि देश सञ्चालन गर्ने मगन्तेले मलाई प्रहार गरिरहेको भान भइरहन्छ ।...... मलाई प्रहार गरिरहेको भान भइरहन्छ ।

पोखरा-२८, कालिकास्थान
(हाल: कामनापा-११, बबरमहल)
(कथा वास्तविक जीवनमा आधारित भएको हुनाले कसैको जीवनमा असर परेमा माफ गर्नुहोला )

2017-09-18 15:01:40 +0000

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 204
  • 914 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    1 day 4 hours ago
  • आभार
    1 day 23 hours ago
  • बहुत खुब कहिल्छि ।
    4 days 23 hours ago
  • आभार प्रकट गरे
    6 days 22 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 20 min ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 17 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 20 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 20 hours ago
  • एकदम सान्दर्भिक
    1 week 1 day ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • विद्यार्थी हुँ म
  • कोरोना भाइरस
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • छोरीको जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • देशभक्त हुँ म
  • महलकी रानी
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • प्रेम पाप होइन
  • यसै गरी मिलोस तिम्रो माया
  • मैले कविता लेख्नै बिर्सेँ
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • पुराना कुरा
  • शेक्सपियर, एभन र म
  • जुनेली रात
  • हामी कोपिला
  • नजन्मिएको गीत
  • शुरुशुरुमा
  • मौका यही हो गर

Last viewed:

  • शिखर कलाकार ः हरिप्रसाद रिमाल
  • आज भोलि, किन-किन, यस्तो लाग्छ
  • तयारी
  • नगर जातको कुरा (छुवाछुत बिपक्ष गजल)
  • "मेरो लक्ष्य" = बिमल जी लाई उत्तर!
  • विकास
  • यो मनको पीर भन्न भा'छैन
  • दुई टुक्रा (हरेक मनमा आँखा भए)
  • आखिर के हो?
  • अल्झिरहे यी आँखा
  • म मान्छे
  • आइज निदरी
  • जनगणना ः २०६८
  • व्यक्त गर्न सक्दिनँ
  • धुमधाम छ यहाँ ..........................
  • लाग्छ तिमीले अकै छान्यौ ।
  • छुद्र छिमेकी
  • बुबाको सम्झनामा
  • धुवाँ भरिएका काला बेलुनहरू
  • आमाको काख फर्केर आउदैन
  • यो मन दुख्ने कुरा गर्छौ
  • तिमीलाई भुल्दा
  • खुशी छु म आज यहाँ धेरै-धेरै खुशी
  • जोडिएको मन
  • टाढा टाढा एउटा गाउँमा
  • नजरको के कुरा ?
  • पछिल्ला रचनाहरू
  • फूलको कविता
  • आँखाले कोर्ने रङ्गहरूका कोलाज
  • कस्ले मलाई हात दिन्छ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित