Skip to content

दशै तिहार आकै हो त


बच्चाहरू चंगा किन्दै थिए बजारमा, दशै तिहार आकै हो त ?
खसीको मूल्य हुँदै थियो बजारमा, दशै तिहार आकै हो त ?

बिहानको सिरर चिसो हावा, पारिजातको वासना उस्तै
भरपुर बसाउन थालेको छ, दशै तिहार आकै हो त ?

कपाल काटी शुद्ध बसी, माछामासु बार्न थाले
स्रोह्श्राद गर्नेको भीड छ, दशै तिहार आकै हो त ?

मोबाइल र म्यासेन्जरमा, शुभकामना गीत आछ
फेसबुकमा जमरा, टीका देखिए, दशै तिहार आकै हो त ?

कर्मचारी राष्ट्र सेवकहरु, बिदा पासको कुरा गर्दै
चौतारीमा वसेका छन, दशै तिहार आकै हो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *