Skip to content

अपूरा सपना बिथोल्ने बिहान

SundarAlpabhashee-03


अपूरा सपना बिथोल्ने बिहान जो छ
यही माटोले दिएको पहिचान जो छ

नानाभाती भन्ने मुख छ यस्तै त्यस्तै
नपुङ्सक विचार सुन्ने कान जो छ

के नै जोडेका छन् र मखिचूसहरूले ?
मृत्युपछि चार हात चिहान जो छ

ओ कति गर्छौ राज यो दुनियाको
स्वतन्त्र परिचयको सिंहाशन जो छ

बाँचेर मरु यही माटो स्वतन्त्र शानको
पहिचान आफ्नै सानको सम्मान जो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *