जस्को कतै घरै छैन, धमिरा कहाँ बस्छ र ?
प्रेमी जस्को छँदै छैन, वियोग कहाँ हुन्छ र ?
श्वर ज्ञान झिनो नै छ, कसरी बज्छ बाँसुरी ?
जस्को त ब्याग नै छैन, सुको नै पस्छ केगरी ?
ध्यानमा मग्न नै आत्मा, भयो अशान्त केगरी ?
गन्दगी नै जहाँ छैन, झिँगा बसेछ के गरी ?
कायोत्सर्ग गरौँ नित्य, पर्दैन नीद आउन ।
भोक तीर्खा कुनै हुन्न, गरेर वायु सेवन ।
कुमार्गमा चलेका जो, नेत्रहीन भनी बुझ ।
सुमार्गमा चलेका जो, विश्व द्रष्टा भनी बुझ ।
कान कच्चा भए केभो, शांकेतिक छँदै छ त।
हुन्छ लेखी पढी ठूलो, उही विद्वान बन्छ त ।
वादविवादलाई त, कौशल ठान्नु पर्दछ।
वादे वादे त तत्व नै , दर्शन बुझ्नु पर्दछ ।
कोशिका सवको जीऊ, असंख्य हुन्छ जान त।
जबसम्म रहन्छन् ती, मृत्यु नै हुन्न मान त ।
अरुको नाश होस् भन्दा, नाश आफ्नै ज हुन्छ नि।
रिषले भुट्-भुटीनेको, स्वास्थ क्षीण त हुन्छ नि ।
उपर्युक्त कुरा मैले, भनेको होइन भाइ ।
योग शास्त्र यसै भन्छ, यत्ति नै आजत भाइ।