Skip to content


सम्बन्ध नर्कको बाटों जस्तै
सुखमा हात थाम्ने
दुखमा लात मार्ने।

अविरल चल्ने ज्वारभाटा जस्तै
उतारचढाव, भागदौड
विश्वास अनि धोखा ।

आगोमा जलेको धातु जस्तै
जलिरहे खरानी
लडे नयाँ विहानी ।

मौसमी हुरि वर्षात जस्तै
थेग्न सके संगसँगै
यौटै छाता मुनी
चल्यो सुमधुर जिन्दगी
हैन शिवाय वर्वादी ।

प्रकाश खड्का
भक्तपुर/ हाल वोस्टन

Leave a Reply

Your email address will not be published. Required fields are marked *