Skip to content

गद्य कविता

आहा हाम्रा खेलाडीहरु,
मानवतस्करले पठाएका राम्रा खेलाडीहरु
देशका हाम्रा इज्जतहरु
सलाम छ तिमीलाई ।
हाम्रो नाक राख्न सफल भएकोमा
बधाई छ तिमीहरुलाई !
खेलको मैदानमा वा कोर्टमा
गएर दिसापिसाप नगरेकोमा ।
त्यसरी कोर्टमा आची गर्नु भन्दा
वासरुममा गएर नै गरेछौ
कति सभ्य छौ
कति भव्य छौ
कति उच्च छौ
कति पूज्य छौ ।
बडो जाती भो
नेपालको नाक राखेछौ
बडो जाती भो
खेलकुद मन्त्रीको इज्जत ढाकेछौ
देशको र मन्त्रालयको नाम राखेर थाकेछौ
सारै जाती भो धन्य छौ ।
यो त हो गर्नु पर्ने
नेपाली समयको ख्याल त्यहाँ पनि गरेछौ
खेल शुरु गरेर रेफ्रीलाई पनि
चालिस मिनटसम्म पर्खाएछौ
वासरुपमा गएर आउँदै नआई थर्काएछौ ।
कति ज्ञानी, कति बहादुर
तिमी धन्य छौ महान् छौ ।
हाम्रोमा दुई घन्टा पर्खदा हुन्छ भने
तिनले चालिस मिनट पनि किन नपर्खनु त ?
आखिर नेपालको पनि
केही छ महत्व विश्वमा
यो विशेषता देखाएछौ
सुनौलो अक्षमा नाम लेखाएछौ ।
श्यावास मानवतस्करहरुले पठाएका
पोख्त खेलाडीहरु
श्याबास, श्याबास !!
बधाइ छ, बधाई छ !
देशको नाम राखेकोमा
बधाई छ बधाई छ ।
हामी तिमीहरुको कदर भएको देख्न चाहन्छौं
तिमीहरुलाई देशले सम्मान गरेको हेर्न चाहन्छौं
मन्त्रीले फूलमाला लगाएर
स्वागत गरेको हेर्न चाहन्छौं,
पुरस्कार र सम्मानले
अझ सम्मानित भएको देख्न चाहन्छौं
धन्य खेलाडीहरु धन्य खेलाडीहरु
बधाई छ खेलाडीहरुलाई
श्याबास छ खेडालीहरुलाई ।।
खेलको मैदानमा आची गरेर
देशको इज्जत फाल्नु भन्दा
बरु खेलै नखेली
वासरुतिर लुसुक्क पसेर
समय भिड्काइदिने जस्तो
महान् खेलाडीको सम्मान हुनुपर्छ ।
सम्मान हुुनुपर्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *