Skip to content
ManoharKafle


किन हो मलाई अविवाहितभन्दा विवाहित आइमाइहरू प्रति नै धेरै लगाब हुन्थ्यो । उनीहरुले लगाएको सारी चुरा टीका पोते साथै सिउदोको सिन्दुरले आकर्षण गर्थ्यो । सारीमा हिडिरहेका आइमाइहरुको सुडोउला तिघ्राहरुको आकार र पछाडिबाट हेर्दा उठेको कम्मर मुनिको भागले लोभ्याउथ्यो । हावाले उडाउदै गरेको सारीको सप्को जसले छातीलाई छोपेर काधमाथिबाट पछाडि पट्टि झरेको हुन्छले पनि बेला बेला बचचा सँग लुकाछिपी खेल्दै कुकु हा गरेंझई छातीलाई देखाउदै र चोप्प्दै गरेको दृष्य सारै मनमोहक लाग्थ्यो । नाभीले खुल्ला रुपमा मानिसलाई स्वागत गरेको लुकीलुकी हेर्न मन लाग्थ्यो । हेरेर आँखाहरू अघाउँदैनन् थिए ।

सिनेमा वा टेलिभिजनमा आइमाई या केटीहरुले नुहाउन जानुभन्दा अगाडिको पहिरन जो सिंगल पिस टावल मात्र हुन्थ्यो, त्यो पज गरेर हेरिरहुँ जस्तो लाग्थ्यो । नुहाएर आएपछि चिसो कपालमा टावल बेरेको र तावलले शरिरको बीचको केहीभाग मात्र छोपेको र तिघ्राहरुको प्रदर्शन गरेको साथै निहुरिएर कपाल झट्कारेर दुवै हात उचालेर कपाल माथि फर्काएको फेरि टावल सम्हाल्दै पुन तलतिर ल्याएको त झन् अति बिसिस्ट लाग्थ्यो । यो मनमोहक दृष्य केवल नारीहरुको क्रियाकलापमा मात्र पाइन्थ्यो । त्येसैले त कवि या गजलकारहरुले नारीको सौन्दर्यलाई कविता या गजलमा चित्रकारले झैँ चित्रण गरेको पाइन्छ ।

सिग्मंड फ्रायडले भने जस्तै विभिन्न उमेरमा छोरा छोरीको लगाब कहिले आमा पट्टि र कहिले बाबु पट्टि जान्छ तर मेरो लगाब भने जहिले पनि आमा पट्टि नै रह्यो, आमा को बोली मिठो लाग्ने स्नेह र ममता प्यारो लाग्थ्यो । सानो छदा बाबा सङ्गभन्दा आमासँग सुत्न मन लाग्थ्यो र आमाको स्पर्स थपथपाहटले मिठो निद्रा निम्त्याउथ्यो । बाबाले केही काम परेर बोलाउनु भयो भने सुनेको नसुने झैँ हुन्थे र तर आमाले बोलाको आवाज सुन्नासाथ तरंगित हुन्थे र कतै खेल्न या केही गर्न या सोच्नमा व्यस्त थिए भने पनि झट्टै रेस्पोन्स दिई हाल्थे ।

खेल्दा पनि केटी साथीहरू सँग खेल्न रुची हुन्थ्यो । एक खुट्टे, डन्डीवियो, ताराबाजी, लुकामारी, डुम आदि खेल्दा पनि प्राय जसो केटीहरुनै साथमा हुन्थे । ममा अरुभन्दा अलिक बल भएकोले कबड्डी खेल्दा केटीहरुलाई तानेर या बोकेर भएपनि सास फेर्ने बनाउथे र हाम्रो पट्टि नै जिताउथें । म फुटबलमा पनि पोख्त थिए । फरवार्ड पोजिसनमा खेल्ने भएकोले मेरो बल प्राय सिधै गोल्पोस्टमा प्रहार हुन्थ्यो । त्यो बल या त गोलमा परिणत हुन्थ्यो या किपरलाई घाइते नै बनाउथ्यो । भलिबल पनि राम्रै खेल्थे तर अलिक उचाइले साथ नदिएकोले शट हान्दा धेरै मिस हुन्थ्यो आउट हुन्थ्यो या त नेटमा लगेर फर्किन्थ्यो ।

एसएलसिसकेर कलेज सुरु भयो, कक्षामा करिब ३० जना विद्यार्थीमा आधा जसो केटी नै थिए । मैले मनमनै एउटी राम्री केटीसँग बस्न पाए हुन्थ्यो भन्ने कामना गरेको थिएँ, संयोग बस त्यस्तै भयो । केटा र केटी मिसमास गरेर राखिएको भएपनि मेरो साथी केटी नै थिई । म खुशी थिएँ । मसँगै बस्ने केटी साथीको नाम भने सरु थियो । ऊ राम्री थिई टिनएजको यौवनले मस्त उसका रसिला ओठहरू राम्रो लाग्थ्यो । उर्बर छातीमा रहेका पुस्ट गहनाले उसको रुपमा अलंकार नै थपी दिएको थियो । उसको मत्ता हात्ती जस्तो सुडौला शरिरको बनावट लोभलाग्दो थियो । बिरालोको जस्तै चालसँग हिडेको देख्दा कुनै फेशन शोमा उत्कृस्ट मोडेल हिनेझई लाग्थ्यो । उसको बोलिको मिठासले कक्षा कोठानै ध्वनित भएझै लाग्थ्यो । सरु सँग बस्न चाहने त अरु धेरै केटाहरू पनि थिए तर तिनीहरुको दुर्भाग्य नै मानौ, मैले गर्दा तिनीहरुले बस्न नपाएका थिए होलान । कहिलेकाहीं म कलेज नआएको दिन भने हाम्रै साथी रामबिक्रम सरुसँगै बसेको हुन्थ्यो रे । त्येसैले होला राम बिक्रम भनेपछि मलाई रिस उठ्थ्यो र रामबिक्रम पनि मलाई इर्ष्यालु आँखाले हेर्थ्यो ।

सरुलाई छुन मन लाग्थ्यो, पाउदा त झन् उस्को गाला नै सुम्सुम्याउन मन लाग्थ्यो । उसको कुम मात्र स्पर्श गर्न पाएको थिएँ । उसका कोमल लामा लामा औलाहरू र रंगीबिरंगी रंगमा सजिएका नंगहरूसँग खेल्न मन लाग्थ्यो । उसको ओठहरू चुम्दै अंगालोमा कस्न मन लाग्थ्यो, तर कक्षाकोठामा त्यो गर्न सम्भव नै थिएन । उसलाई आँखाले हेरेर मात्र प्यास मेटाउथें । कहिलेकाहीं ऊ चुटकिला सुनाउथि । यही मौका छोपेर उसका आँखा, आखिभौ हेरिरहन्थें, उसको आँखामै हराउथें । चुटकिला भनिसकेको पत्तै पाउदिन थिएँ । सबै हाँस्न थाल्थे, म भने घोरिएर उसैलाई हेरिरहेको हुन्थें, ऊ केही लजाए झैँ गर्थी र मलाई हसाउन काउकुती लाउथी, मलाई आनन्द आउथ्यो । अँझै काउकुती लगाइरहोस जस्तो लाग्थ्यो । तर म नहासेको देखेर होला छोडी दिन्थी । उसलाई खुशी पर्न चुटकिला नबुझे पनि हासी दिन्थे, केवल कृतिम हासो ।

जाडोको महिना भने म सरुको अरु सामिप्य पाउने मौकाको पर्खाइमा थिए । सरुले कफी कलरको ओड्ने सल लिएर आउथी । म प्रतिक्षा गर्थे कि उसले मलाई सलको घेराबन्दी आउन निमंत्रना दियोस । ऊसँगै टासिएर बस्न म आतुर हुन्थे । म केवल पातलो यूनिफर्म मात्र लगाएर आउथे यो सोचेर कि मलाई जाडो होस्, म जाडोले कामोऊ अनि म प्रति उसको माया जागोस र ऊसँगै टाँसिएर बस्न आव्हान गरोस । म लुटी पुटि गर्दै ऊसँगै जाऊ, उसको मिठो सुगन्ध को पान गरौ र टासिएर बस्दै धन्यवाद टक्र्याउ ।

दुई दिनसम्म प्रतिक्षारत नै रहें, उसले कुनै औपचारिक आव्ह्वान गरिन । ऊ आफै गफमा मग्न हुन्थि, उसको सल पनि धेरै बेरसम्म उसको शरीरमा बेरिएर बस्न पाउदैन थियो । कहिले मेरो खुट्टा छेउ भुइमा खसेको हुन्थ्यो, म उठाउथे । त्यो सल को स्पर्शले पनि कता कता उसैलाई छोए जस्तो लाग्थ्यो । तेस्लाई मज्जाले नाकमै लगेर सुघ्न मन लाग्थ्यो । तर कक्षामा त्यस्तो गर्न मुनासिब थिएन । त्यो सलले उसको ओठको लालीलाई पनि स्पर्श गरेर आएको थियो । उसको सिल्की कपालको केही टुक्रा पनि सायद अड्किएर आएको हुनपर्छ । ऊ हात हल्लाएर कुरा गर्थी । ऊ आधा जसो दात देखाउदै हाँसेर कुरा गर्थी । ऊ कहिलेकाहीं केही कुरामा यति मजाले हाँस्थी, हाँस्दा हाँस्दै आँखाबाट आसु नै चुहाउथी, सिगान पनि चुहाउथी, फेरि त्यही सलले पुछ्न भ्याउथी र पनि मलाई उसको त्यही सलको घेराबन्दीमा पस्न मन पर्थ्यो, तेसैको सुवास लिन मन पर्थ्यो । किनभने त्यो सल सरु को थियो । मेरो मन पर्ने प्रेमिका सरुको ।

एक दिन अलि बडी जाडो भएकोले म उसको छेउछेउ टासिदै गए । ऊ केही लेख्नमा मग्न थिई । उसको सल बिस्तारै ताने, उसले अलिक खुकुलो बनाई दिई । उसले मलाई ओढन दिए जस्तो लाग्यो, म टाँसिएँ तर सल सबै मतिर पो आएछ, फेरि उसलाई पनि ओडाइदिन उसको पछाडिबाट हात लगें, पुरै अंगालो मारे जस्तै भयो, म रोमान्चित भएँ, एकछिन त्यही स्थितिमा बसे, मलाई मिठो अनुभव भैरहेको थियो । सरुको सुगन्ध मलाई पुरै आइरहेको थियो, फेरि केही सोचेर हात तानें । अँझै पनि ऊ केही लेखिरहेकी थिई । अगाडिबाट पनि उसको लेख्दै गरेको हात बाहिर निकालेर उसलाई सलले राम्ररी बेरी दिए । यसो गर्दा उसको पेटभन्दा माथिका भागले मेरो पाखुरामा राम्रै स्पर्श गरेको थियो । मलाई विद्युतीय झट्का झैँ लागेको थियो तर पनि ऊ भने लेखिरहेकी थिई, केही थाहा नपाए जस्तो या त थाहा पाई पाई नजानेको जस्तो गरेकी हो । ऊसँगै टाँसिएर केही बेर बसेउ, दुवै जनाको तातोले न्यानो भएको थियो, तर ऊ भने चञ्चले केटी, कहाँ धेरै बेरसम्म चुप लागेर बस्न सक्थी र, सल फाली दिई कपाल खोलेर मिलाई, बसेको ठाउबाट उभिई, फेरि बसी, भित्रि बस्त्र केही तान तुन गरेर एडजस्ट गरि, ब्यागबाट सानो ऐना निकालेर लिपिस्टिक मिलाई । अघि हाँस्दा लतपतिएको गाजल पुछी र पुन लेख्न थाली । मलाई भने अप्ठेरो लागेर केही पर सरें । उसले लेख्दै गरेको औलाहरू नियालिरहें र अक्षर्मा आँखा दौडाएँ । हेन्डराइटिग धेरै राम्रा थिए ।

मलाई उसका रुप र सौन्दर्यले पागल नै बनाएको थियो । मेरो ध्यान सधैं उसैमा हुन्थ्यो । उसैको बारेमा सोचिरहन्थे । यस्तो लाग्थ्यो उसै सँग प्रेम गरौ, ऊ पनि मलाई प्रेम गरोस, उसको घरमै उसलाई माग्न जाऊ र उसै सँग विवाह गरु । सधैसँगै बसौ । म उसको चाकडी नै गर्न तयार थिएँ । उसको रातो ओठको पान गरौ, आलिंगनमा कसी राखोउ, उसको कोमल शरीर सँग खेलिरहू, खेलिरहुँ ।

म पढनभन्दा पनि उसकै लागि कलेज जान्थे । ऊ नआएको दिन मलाई कलेजमा बस्नै मन लाग्दैन थियो, । सरु मेरो ढुकढुकी भैसकेकी थिई, मेरो मनको एउटा भाग् त उसले ओगटिसकेकी थियी । म ऊ बाहेक अरु सँग माया गाँस्न सक्दिन थिएँ । यही रितले ६ महिना देखि सरु प्रति मेरो एकोहोरो माया सलल बगिरहेको थियो । मलाई लाग्थ्यो, सरु पनि म सँग मनमनै प्रेम गर्छे, तर उसले दर्शाइरहेकी थिइन, सायद उसलाई लाज लागेर होला ।

सरु केही दिन देखि कलेज आयेकी थिइन । म ब्याकुल थिए, मनमा विभिन्न आशंकाले डेरा जमाउन थालेको थियो, “के भयो होला मेरो प्यारी सारुलाई ? कतै बिरामी त भइन?” कक्षामा नै बस्न मन लाग्न छोडेको थियो । सरु बाहेक मलाई एस्तो लाग्थ्यो, अरु कोही मानिस नै होइनन । मलाई कसैलाई पनि मन पर्दैनथियो । मैले सरुलाई खोज्दै उस्को घरसम्म आजै बेलुका जाने निधो गरे । उसले एकपल्ट भनेकी थिई, उसको घर कपन को गुम्बा छेउमा छ । यो पनि भनेकी थिई कि भवनको तल्लो तला प्राइभेट बोर्डिंग स्कुललाई भाडामा दिएर उनीहरू माथिल्लो तलामा बस्छन । त्यही आधारमा चाबहिलबाट कपन जाने गाडीमा चढें । खोज्दै जादा उसको घरसम्म पुग्न सफल भएँ, घरमा उसको मम्मी हुनुहुदो रहेछ ।

“सरु ढकाल को घर एहि हो?” मैले सोधे ।

“हो, यही हो अनि मैले त चिनिन नि?” उहाले भन्नुभएको थियो ।

“म सरु को बेन्च मेट हो, हामीसँगै पढ्छौ, तर ऊ धेरै दिन देखि कलेज नआएकीले र फोन नम्बर पनि नभएकोले खोज्दै आए । अनि खै त ऊ ?”

“उ अलिक बिरामी छ, सुतिरहेकी छ”, सरु को आमा अलिक अप्ठेरो माने जस्तै गरेर भनिरहेकी थिइन । उनको भनाइ सुन्दा एस्तो लाग्थ्यो, उनले मलाई सरु सँग भेट्न दिने छैनन् । के बिरामी भनेर खुलस्त पनि भनिनन र मलाई ढोकाबाटै बिदा दिने जस्तो व्यवहार गर्दै थिइन ।

“म एकपल्ट भेट्न सक्छु सरुलाइ?” मैले एती भन्ना साथ सरुले झ्यालबाट मलाई देखि सकिछन र इशाराले माथि आउन भन्दै थिइ’न । आमा र म माथि सरुको कोठामा गयौ, आमाले मलाई बस्दै गर्न आग्रह गरेर बाहिर निस्किइन । आमा निस्कनासाथ सरुले मलाई अंगालो हालेर ग्वा ग्वा गर्दै डाको छोडेर रुन पो लागिन । म अवाक भएँ । मलाई यही पलको प्रतिक्षा थियो । मैले पनि उनलाई अंकमाल गरे । उनले पुरै जिउनै मलाई समर्पण गरे जस्तो लाग्यो । मैले पनि झनै उनलाई आफूतिर तानेर बाहुपासमा कसें । उनले आफ्नो अनुहार मेरो छातीमा लुकाइन र अँझ बेसरी रुन लागिन । मैले फकाउन लागेँ, आशु पुछी दिएँ, आस्वस्थ पारें, ढाडमा थुम्थुमाइदिए । अनुहारतिर आएको कपाल समेटिदिए र निधारमा चुमि दिएँ । उनी मबाट अलग्गिइन र सोफामा घ्याच्च बासिन । म छेउमा गएँ, उनको सर्ट को बटन छातीमा खुस्कियेकोले गोप्य अंग सबै जसो देखिएको थियो, मिलाई दिए, र बटन लगाइदिये । फेरि सरुको आँखा को आशु पुछ्दै भने “म छु नि लाटी, के भयो, भन त, कसले के भन्यो, मलाई सबै खुलस्त भन” ।

उनका आँखाबाट झनै पो आशु बरर झरन लागे । म सम्झाउदै फकाउदै उनलाई सम्हाल्न ब्यस्त भए । केही समय उनी सुक्क सुक्क गर्दै रोइरहिन । मैले धेरै आग्रह गरे उनको समस्या को बारेमा भन्न उनी केही आस्वस्थ भएपश्चात बोल्न लागिन ।

“तिमी मेरो अति नै मिल्ने साथी, कसैलाई नभन है !”

“हुन्छ भनन सरु, म किन अरुलाई तिम्रो कुरा सुनाउँछु र?”

“मेरो महिना बारी रोकिएको ३ महिना भएको थियो, एक हप्ता अगाडि डाक्टर कोमा परीक्षण गराएको त पेटमा ३ महिना को गर्भ छ भन्ने जानकारी दियो”, सरु रुदै मलाई सुनाइरहेकी थिई ।

म छागाबाट खसे झैँ भएँ, मैले एस्तो त कल्पनामा पनि सोचेको थिइन । मलाई भाउन्न भयो । मैले त्यहादेखि पछाडि को सरुले भनेको केही कुरा पनि सुनिन । मलाई चक्कर लागेर आयो । मेरो होसै ठेगानामा थिएन । मैले दुवै कान थुनेछु, आँखा चिम्म गरेछु । म झस्किएँ, मेरो मोबाइल बजिरहेको रहेछ । मेरो हुने वाली प्रियातमालाई अर्कै कसैले जुठो हालिसकेको रहेछ । उसको भाग खोसिककेको थियो । आफ्नो खेतमा अर्कैले सीमास्तम्भ राखी बालि लगाइसकेको थियो । आफूले थाहा नपाई आफ्नै खेत अर्कैले उसको नाममा परिसकेको थियो । आफ्नो बारीको कागजात अर्कैको नाममा दर्ता भै औठा छाप पनि लागिसकेको थियो ।

मोबाइलफोन को घन्टिले भने मलाई केही सम्हालिन मद्दत गर्यो । म सम्हालिए । फोन बुबाले गर्नुभएको रहेछ । बारम्बार आइरहेकोले सायद अर्जेन्ट नै होला भनेर उठाउने विचार गर्दै थिएँ, सरु अँझै पनि रुदै कहानी भनिरहेकी थिइन् “त्यो रामविक्रमले मलाई झुक्क्याएर ——”

“हेल्लो बुबा, किन बारम्बार फोन गर्नुभएको, म साथीकोमा छु ।”

बुबाले मलाई तुरुन्त घरमा आउन भन्नुभएको रहेछ । सरुलाई केही नभनी म बाहिर निस्किएँ ।

सरुको मम्मी चिया लिएर आउनै लाग्नुभएको रहेछ, तर म भने बोलाउदा पनि नसुने झैँ गरी त्यहाबाट निस्की हिडे । मलाई मेरो क्लास को रामबिक्रम प्रति अति रिस उठको थियो । बुबाले फोन नगर्नुभएको भएको भए सायद पहिले त्यसको घरमा गएर त्यस्लाई जुत्तै जुत्ताले हानेर बेईज्जत गर्ने थिएँ । बन्दुक भएको भए अँझ शूट नै गरी दिने थिएँ । तर अहिले भने मैले मेरो रिसलाई काबु गर्नु पर्ने थियो । पहिले बुबालाई एटेण्ड गरेर मात्र त्यो रामबिक्रमलाई के गर्ने भनेर सोच्नु पर्ने भयो ।

म सिधै घरमा गएँ, घाम अस्ताउन लागेको थियो । बुबा र मम्मी घर बाहिर मेरै बाटो हेरेर बस्नुभएको रहेछ । म पहिले त केही डराएँ । किन त्यसरी घरीघरी फोन गर्नुभएको होला भनेर, तर बुबा आमाको मुहारमा खुशी देखेर आस्वस्थ भएँ । सरुको र रामबिक्रम को कुरा भने मेरो अनुहारमा प्रष्ट नै देखियेछ क्यारे आमाले ‘सन्चो छैन क्या हो?’ भनेर सोधी हाल्नुभयो ।

“होइन, केही भएको छैन, किन बारम्बार फोन गरेर बोलाउनु भएको? मैले सोधेको थिएँ ।

आमा भन्न लाग्नुभयो, “सुनिता छोरी, अब तिमी १८ वर्ष पुरा भएर १९मा लागेउ, एउटा राम्रो घरबाट तिम्रो विवाहको अफर आएको छ, तिमी हाम्रो एक मात्र छोरी होउ, र हाम्रो छोरी त्यो घरमा विवाह गरेर दिन पाए हामीलाई ढुक्क हुने थियो । तिनीहरू खानदानी पनि छन्, विवाहपश्चात तिमीलाई पढाउने पनि रे, तिमीले पढ्न चाहे भने हामीले पनि सक्दो आर्थिक सहयोग गर्ने छौं । तिमीले यो रिस्तालाई नकार्ने छैनौ छोरी । आज तिमीलाई हेर्नभन्दा पनि कुरा राख्न आउदै छन्, त्यसैले तिमीलाई बोलाएको” । मैले आमाको कुरा स्वभाभिक रुपमा सुने । मलाई आमाको कुराले कुनै अचम्मित तुल्याएन । मैले कुनै हर्ष या बिष्मात को छनक दिइन ।

मलाई थाहा थियो, मेरो विवाहको कुरा आमा बुबाले एक दिन चलाउनुहुन्छ भनेर । म केटी थिएँ । एकदम तन्दुरुस्त केटी । ममा कुनै शारीरिक रुपमा खोट थिएन । हेर्दा राम्री नै थिएँ । शरिरका अंगहरू उमेरसँगै खुलेर भरिभराउ भएको थियो । म एक स्वस्थ युवती थिएँ । समयसँगै मासिक श्राब पनि सुरु भएको थियो । स्याल घोर्ले भए झैँ ममा पनि यौवन को उन्माद आएको थियो । म अँझै राम्री भएको थिएँ । हिड्दा कम्मरमा लचकता पनि अरु साधारण युवती सरह थियो । झन् लिपस्टिक र गाजलले त अनुहारमा निखार नै आएको थियो । टिमिक्क परेको कपडामा पुस्ट छाती आकर्षण देखिन्थ्यो । साथै हाई हिल चप्पल को साथ मिनिस्कर्टमा जो कोही केटा मान्छे मतिर हेरेका हेरेइ गर्न विवश हुन्थे । हो म त्यही सुनिता चौलागाइ थिएँ, एक साधारण युवती । प्राकृतिक रुपमै बुबा आमाको सम्पर्कबाट पैदाइस भ्रुणबाट बिकशित भै आमाको गर्भमा करिब ९ महिना बसेर प्राकृतिक रुपमै जम्नियेकी थिएँ । म जन्मिदा कुनै अपरेशन नगरी जन्मिएकी रे । अरु स्वस्थ शिशु जस्तै मैले पनि समयमै बस्न थालें, हिड्न थालें, बोल्न थालें र पढ्न पनि थालेको कुरा आमा भन्नुहुन्छ ।

म साधारण तरिकाले जन्मेको, हुर्केको, बढेको, पढेको भए पनि एउटा असाधारण गुण जो अरु साधारण केटीहरू सँग मिल्दैन थियो त केवल मेरो आकर्षण । मलाई केटा मान्छे प्रति कुनै रुची थिएन । मलाई केटा मानिस प्रतिको सामिप्य मन पर्दैन थियो । केटा मानिस हरुले हेरेर जिस्काएको, जीव्रो पड्काएको या कुनै इशारा गरेको देख्दा उनीहरू प्रति घृणा लाग्थ्यो । उनीहरुको शरीर प्रति ममा कुनै लगाब थिएन । मेरो कलेज को क्लासमा पनि धेरै केटा थिए तर मलाई कोही प्रति झुकाब थिएन । उनीहरुले समय समयमा मलाई जिस्काउन खोज्थे, तर मैले कुनै भाव नदिएकोले होला पछि पछि जिस्काउन छोडेका थिए । मलाई केटी हरुमा पनि सरु नै मन पर्दथ्यो किनभने ऊ राम्री थिई । अति नै सुन्दर ।

मेरो एक दिन विवाह को कुरा चल्नेछ भन्ने कुरा मलाई पहिले नै थाहा थियो । मलाई यो पनि थाहा थियो कि मैले धेरै समयसम्म विवाहलाई बहाना बनाएर टाल्न र ढाटिरहन सक्दिन । एक दिन त मैले अवश्य विवाह गरेर जानु पर्ने छ, त्यो पनि पुरुष सँग । पुरुषले मलाई त्यो कठोर हातले दबाउने छ, निचोर्ने छ, गिजोल्ने छ, र अरु के के घृणित हरकत गर्ने छ । त्यो पनि हर दिन हर रात, जीवन भरि, बाचुन्जेलसम्म, उसलाई निर्दयी रुपमा त्यो गन्हाउने मुखको सामाना गर्नु पर्ने छ, ऐया र आत्थु, चित्कार र रोदन सुन्ने वाला मेरा बाबा आमा त्यहाँ हुने छैनन् । मेरा आफन्त हरुले सुने पनि नसुने झैँ गर्ने छन् किनभने त्यो पुरुषलाई “जे मनमा लागे पनि गर्न छुट” भन्ने सर्टिफिकेट मेरा बाबा आमाले आफ्नै हातले लेखेर दिएका हुनेछन र तेस्मा गाउले हरुले ‘होमा हो’ भन्दै तल पट्टि पुरै सही छाप गरेका हुनेछन । मेरो आफ्नै शरिरको अंगप्रति त्यस्को अधिकार हुनेछ र म बलात्कृत हुनेछु सधै, सधैं हरदम ।

मेरा बाबा आमालाई म साधारण नारि भएर पनि असाधारण गुण भएको भनेर भन्न सक्दिन थिएँ । उहाहरुलाई मेरो चाहना केटामा नभएको बारे केही थाहा थिएन र मैले थाहा दिन कोशिस पनि गरिन । मैले सही कुरा प्रष्ट पर्न लाग्दा धेरै बेथिति पैदा हुन सक्थ्यो । मेरा बा आमाको मनमा चोट पर्थ्यो । उहा हरुले समाजमा लज्जित हुनु पर्ने थियो त्यो पनि मेरै कारण ले, मेरों समाजले मेरो अवस्थालाई स्वीकार गर्दैन थियो, मेरो रोजाईलाई मान्यता दिदैन थियो ।

मेरा दुइओटा विकल्प मात्र थिए, आत्महत्या वा बा आमाको भनेको केटासँग विवाह । आत्महत्या त कायरले मात्र गर्छ भन्ने मेरो पहिले देखीको मान्यता थियो । विवाह, त्यो पनि पुरुष सँग, यो पनि मेरो लागि एउटा आत्महत्या बराबर थियो । मैले रोज्नु पर्ने थियो एक चोटी आत्महत्या या बार बार आत्महत्या ।

मैले यिनै कुराहरू सोचिरहदा मेरो आमा मेरो छेउमा आउनु भयो र मेरो काधमा ममतामयी स्पर्श गर्दै भन्नुभएको थियो “हिड छोरी भित्र, ऊ पर सायद त्यही केटा र उसका आमा बाबा विवाह बारे सर सल्लाह गर्न आउदै छन् । मैले मुन्टो घुमाएर पर आउदै गरेका मानिसहरूतिर हेरें । हेर्ने बित्तिकै चिनी हालें, तिनीहरू त उही उसको सरुलाई बलात्कार गर्ने रामबिक्रम र उसका बा आमा उसैको घरतिर आइरहेछन् ।

1 thought on “आकर्षण”

  1. समसामयिक सामाजिक विषयको उठान
    समसामयिक सामाजिक विषयको उठान !! अलिकति कताकता केके नमिलेको जस्तो देखीए पनि एकदमै राम्रो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *