मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
प्रकृतिको रङ्ग (लघुकथा)
एकदेव — Tue, 10/03/2017 - 13:49
उसले प्रकृतिमा पहिलो पटक आँखा खोल्यो।
आमाको न्यानो छातीमा फुलबाट निस्केपछि उसले प्रकृतिको रङ्ग हेऱ्यो र यस्तो प्रकृतिमा जन्म पाएकोमा आमाप्रति मनमनै कृतज्ञ भयो।
अघि बढ्दै गयो, आफ्ना दाजु-दिदीहरूको निख्खर सेतो रङ्ग देखेर प्रफुल्लित भयो। भर्खर आँकुराउन थालेका पँखेटा फड्फड् गर्दै नजिकैको तलाउमा आफ्नो छवि देख्यो – कोइला भन्दा पनि कालो आफ्नो रङ्ग देखेर उसको क्रोध पारा चढ्न थाल्यो। आफ्ना सबै दाजु-दिदीहरूलाई सेतो रङ्गमा तर आफुलाई कालो रङ्गमा जन्म दिने उसकी आमालाई नाना भाँतिले सराप्यो, अनि नजिकैको हिलोमा लुटपुटियो र अलग्गै रङ्ग देखाएर खुब रवाफका साथ हिँड्न थाल्यो।
आमा भने सन्तानको आफूप्रतिको अनादर देखेर भित्र-भित्रै कुँडिइन्। उनको आँखाबाट रक्ताश्रू निरन्तर बग्न थाले।
नयाँ रङ्गको अहंकारमा ऊ यताउति डुल्दै निकै टाढा आइपुग्यो। बिरालाहरू तथा कुकुरहरूले झम्टन थालेपछि उसलाई एक्लोपनको आभास भयो र आफ्नो समूहको खोजीमा हिँड्न थाल्यो। जहाँ कहीँ आफूजस्तै अन्य हाँसहरूको बथान देख्ने गर्थ्यो, त्यहिँ मिसिन खोज्थ्यो तर ती हाँसहरू कि काला कि सेता थिए, उनीहरूले ऊ जस्तो अनौठो रङ्गको हाँस देखेकै थिएनन्। जसै ऊ उनीहरूसँग मिसिन खोज्थे, उनीहरू उसलाई ठुंग्न थाल्थे। उसले ती बथानहरूमा दुवै किसिमका हाँसहरू उत्तिकै मिलेर बसेको देख्यो तर आफू त्यो समूहमा मिसिन जति कोसिस गरे पनि सकेन।
उसलाई बल्ल आफ्नो प्राकृतिक रङ्गको महत्त्व ज्ञात भयो। ऊ जसो-तसो अरू हाँसहरूको बथानसँग छेलीएर नजिकैको तलाउमा हामफाल्यो र भएभरको हिलो सबै पखाल्यो। शरीरको हिलोसँगै उसको मनको मैलो पनि धोइयो अनि निर्धक्कसँग आफ्नै प्राकृतिक रङ्ग लिएर हाँसहरूको बथानमा गयो। अघि उसलाई ठुँगेर भगाउने हाँसहरूले उसलाई स्वागत गरे समूहमा मिसाए। ऊ औधि खुसी भयो।
उसलाई आफ्नी आमाको निन्दा गरेको कुरा सम्झना भयो र भक्कानिन थाल्यो। आफ्नो नीच सोचप्रति आफैँलाई औधि दुःख लाग्यो। आमासँग माफी मागेर आफ्नो भूलको प्रायश्चित गर्ने निर्णय गऱ्यो र घर फर्क्यो।
घर फर्केर आफ्नी आमासँग गरेको दुर्व्यवहारको क्षमा याचना गऱ्यो र आमासँग अङ्कमाल गऱ्यो।
अहिले उसँग उसकै प्राकृतिक रङ्ग थियो तर अफशोच त्यो प्राकृतिक रङ्ग हेर्न आमा असमर्थ थिइन्।
पुत्र वियोगमा झरेका रक्ताश्रुले उनको आँखा बेकार भैसकेका थिए।
रत्ननगर, सौराहाद्वार, चितवन
२०७४ आश्वीन १७
- 483 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 7 hours ago - आभार
4 days 3 hours ago - बहुत खुब कहिल्छि ।
1 week 2 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- जुनेली रात
- मिथिलाक किसान
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- कुकुर
- महलकी रानी
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- काली
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- अनुरागक डोर (गजल)
Last viewed:
- शिक्षकले अपनाउनुपर्ने एक जीवनशैली
- अभियुक्त हेल्थपोष्ट
- आऊ सूर्य अब
- चराहरुको चिरवीर र मोहन कोइरालाको मोह
- पन्ध्रघन्टे हवाइ यात्रा : केही अनुचिन्तनहरू
- जोवन अधुरो प्रीत गीत रहेछ
- टुप्पी महिमा
- अनुभूतिको क्यानभासमा
- यो मेरो चन्द्र सूर्य अङ्कीत् ध्वजा
- खन्टी पोइल बाइगै
- मनको पाखो बाँझो हुँदा तिमी तर्की दियौ
- भूमण्डल पछाडिको यात्रा - ३
- अरुलाई जति श्राप बोले पनि
- अभागी यो अयोध्यामा
- कतै भाग्य मेरो
- खोई त तिमी आईनौ ।
- नसोध मेरो सिउँदो......
- किन गयौ त्यो ठाउँमा के के गरी फर्कियौ त ?
- एउटा गुरुकुल भत्किए अर्को बन्ला - सुनिल पोखरेल
- बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन
- दाल-भात ट्रेकिङ
- सँगैका त्यो मायालु साथहरू
- आफ्नो घर
- होइन भने नेपाली नभन
- थरी थरीका मान्छेहरू
- मातै मीठो रक्सीको
- आनन्द
- होलो कस्याँ ??
- खबर्दार
- मामाघर
Post new comment