Skip to content


लासका भीडमा पाउछौ तिमी
मेरै लास कात्रोमा
हाँसिरहेको चित्कार

खुला खुला आँखा
भावबिभोर मनमा
पोखिरहेछ रिस
समाजमा देशमा
आफन्त र परिवारमा

सास छउञ्जेल बाँच्न
नपाएको आवेश
हाँस्न नपाएको आवेश
देख्ने छौ खुला आँखामा
कात्रोसँगको मेरो लासमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *