Skip to content

रामदेवको प्राणायाम

रामदेवको प्राणायाम

प्राणायाम गर भनेर ,नाकै बन्द गर्न सिकाए ।
नाक बन्दगरेर लामो श्वास फेर्न अह्राए ।

नाका बन्द गरी पेटमा आगे बाल्न लगाए,
नाभीको अग्नि दन्काई जीऊँदै कति जलाए ।

निराहार व्रत बसी करड. पेट टाँस्न लगाए
पेट खाली राखी सातै चक्रमा ध्यान गराए ।

अन्न पानी औषधी प्राणरक्षक बस्तु रोकी,
मूल पेट जालन्धर पनि त बन्ध गराए ।

अहोरात्र बसाली ग्याँसको ध्यान गराए,
यस्तै गरी स्वर्गमा पुग्ने मार्ग नै देखाए ।

कोशी गन्डकी कर्णाली हाम्रा प्राण ताकी,
गर्दैछन् प्रहार पन्चतत्वमा तीर ताकी ।

अब त खोल नाकाभन्दा, छ उत्तर उनको,
होइन नाका बन्दी, हो प्राणायाम रामदेवको ।

स्मरण/इतिहासको

Leave a Reply

Your email address will not be published. Required fields are marked *