मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
यसपालि म घर जाँदा
bheshraj71 — Mon, 06/18/2018 - 03:27
यसपालि म घर जाँदा
गाउँघर नै फरक भएछ ।
बाटोको अगल बगल बिरानो भएछ
मुख्य बाटो बनमाराले ढाकेछ
छेउछाउबाट चोरबाटो थपिएछ
पूर्व–बाटोमा काँढा लागेछ
पश्चिम–बाटो पूरै भत्किएछ
उत्तर–बाटो बेखबर हराएछ
दक्षिण–बाटो कतै दूर भागेछ
चौबाटोको वरपिपल ढालिएछ
गाउँछेउको जोगी बाजेको घर पनि
वर्षात् थाम्न नसकेर ढलेछ
बारी कान्ला जिलाउनेहरूले फालेका
गेग्रेटा र जिलौटाहरूले
गोरेटो पुरिनै लागेछ
यसपालि म घर जाँदा
गाउँघर नै फरक भएछ ।
वल्लाघरे दाइ शहर पसेछ
पल्लाघरे भाइ जंगल पसेछ
उपल्लाघरे र तल्लाघरेबीच
वैमनस्यता बढेछ
छेउघरे र माझघरेबीच
आगोपानी बाराबार
गैह्राघरे र ठूलाघरेबीच
काटाकाट र मारामार
पँधेरापारि र बाटामुनिका मात्र हैन
माझगाउँ र डाँडागाउँ रमिते भएछन्
यसपालि म घर जाँदा
गाउँघर नै फरक भएछ ।
डल्ली र भुन्टीले गाउँ छाडेछन्
मोटे र कालेले देश छाडेछन्
जिम्दार र जमानेले धर्ती नै छाडेछन्
गाउँ छाड्नेहरूको अभावमा
गाउँ बस्नेहरूको भयमा
गाउँ सुनसान भएछ
गाउँ एकान्त भएछ
कुकुरको एकोहोरो भुकाइले
लाटोकोसेरोको एकोहोरो हुकाइले
गाउँ व्युँझिन सकेनछ
दाजुभाइको मृत्युमा
बरखी बारेको गाउँ देखेर
दशैँ तिहार पनि बिरानो भएछ
टीका र जमराको थालीमा
अश्रुपात भएछ
यसपालि म घर जाँदा
गाउँघर नै बिरानो भएछ
गाउँघर नै फरक भएछ ।
रचना समय र स्थान : २०५९ बडादशैँ, पिठौली, नवलपरासी
प्रकाशित : कान्तिपुर दैनिक, ११ माघ २०५९
2017-10-08 05:47:48 +0000
- 743 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 15 hours ago - आभार
4 days 10 hours ago - बहुत खुब कहिल्छि ।
1 week 9 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- कुकुर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- चार मुक्तक (जित निश्चित हुँदा पनि)
- अवसरले सँधै लात मलाई नै दियो
- पोखराकी एउटी परी
- माया गर्नेको चोखो माया पनि देखियो
- उभिएर जमिनमा, म हेरिरहेछु सबैतिर
- जून पश्चिमास्त भइरहेछ
- व्यर्थ भो
- बगरको ढुङा म !
- टुप्पी महिमा
- सुशासन (लघुकथा)
- हरि अधिकारीको खुलासा
- अर्को दुनियाँबाट
- खैनीका खोस्टाहरु
- नेपाल - २
- बाँकी अब रहेन केही
- इन्जिनियरिङ नेपाली
- पर्देशिना बिबश चेलीको दशैंको पीडा
- न्युयोर्क यात्रा र थ्याङ्क्स गिभिङ डे !
- समाजसेवाका पथप्रदर्शक स्व. खगेन्द्रबहादुर बस्नेत
- पराई डोली चड्यौ अनि मनमनै रमाएर गइहाल्यौ
- अस्तित्वबोध
- विदेश हो भन्नु मात्रै
- नहुनेको एक छाक खाने नुनै प्यारो हुन्छ
- बालन नाच - लोप हुनबाट जोगाउने कि !
- देश केहि गर भन्छ
- हुरी र सिसाको झ्याल
- कौवाले कान लैजाँदा
- ट्राफिक जाम
- एक्ला चलो रे का गायक रविन्द्रनाथ ठाकुर
- बन्दुकसँगै कलम चलाउनेहरूको सुकर्म
सानो आग्रह
bheshraj71 — Mon, 06/25/2018 - 15:05सम्पादकज्यू नमस्कार,
मेरो कविता प्रकाशन गरिदिनुभएकोमा धन्यवाद ।
दोहोरिएको कविताशं र तस्वीर भने मिलाइदिनुहुन अनुरोध छ ।
भेषराज रिजाल
Post new comment