Skip to content

अर्म पर्म रोपाइँ दाइँ बिरानो भयो मेलापात
गाउँघर खेतबारी शून्य भयो वनपाखा
दुःख सही मन थामेँ कति छामुँ भिजेका आँखा

बर्खा नलाग्दै आउँछु भन्थ्यौ शरद लागिसक्यो
तिमी आएनौ सुर्ताले दिनदिन यो ज्यानै खाइसक्यो
वियोगमा तड्पी तड्पी कति सुनुँ विरही भाका
दुःख सही मन थामेँ कति छामुँ भिजेका आँखा

कुकुर भुक्यो एकोहोरो खोला सुसाइरह्यो
आँखाभरि मनभरि औँसीको रात छाइरह्यो
दशैँ तिहार छठ आयो मेरो खुसी कहिले आउला
दुःख सही मन थामेँ कति छामुँ भिजेका आँखा

कुनै आहट नजिकिए मनमा तिम्रै माया जाग्छ
आँगनीमा कोही आए आँखामा तिम्रै छाया नाच्छ
छिटो आऊ परदेशी सम्झिएर आमाको काख
दुःख सही मन थामेँ कति छामुँ भिजेका आँखा ।

२०७४ बडादशैँ,
नवलपरासी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *