Skip to content


पैसाले
रक्सी किन्न पाइँदो रहेछ
र त केही धनी मान्छेहरू
भेटिन्छन्
सहरको कुनै पाँचतारे बारमा

पैसाले
मान्छे किन्न पाइँदो रहेछ
र त केही धनी मान्छेहरू
भेटिन्छन्
सहरको कुनै प्रख्यात बेश्यालयमा

पैसाले
औषधी किन्न पाइँदो रहेछ
र त केही धनी मान्छेहरू
भेटिन्छन्
सहरको कुनै महँग्गो अस्पतालमा

पैसाले
तर समय
या भनौं आफ्नै जीवन किन्न पाइँदैन रहेछ
र त मरिरहेछन्
यहाँ
हरेक दिन मान्छेहरू
गरिब पनि
धनी पनि।

सुशील शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *