Skip to content

आगो निभेपछि
चीसा स्याठका सर्पहरू सल्बलाउन थाल्छन्
अन्धकारका स्यालहरू चल्मलाउन थाल्छन्
फुस्फुसाउँदा खरानीले छर्रा हान्न थाल्छन्
वनमाराका जराले पहरा तान्न थाल्छन्
आऔं अब फेरि एकपटक
अगुल्ठा र झिल्काहरू बटुली आगो जोरौं
र गरौं सर्प र स्यालहरुको स्वास्ति
स्वाहा——!

Leave a Reply

Your email address will not be published. Required fields are marked *