Skip to content


कोही नेता आप झै पाकेका
कोही जोतेको गोरु झै थाकेका
युवाहरू चाहिं
कोही बिदेश भागेका
कोही राजनीतिबाट छेउ लागेका
तर देश चाहिं
यस्तै बुढा गोरुले पो हाँकेका ।

युवाहरू भन्छन
साठी कटी सक्दा पनि बुढाहरू
अँझै युवा नेता बन्छ्न
हामीले बाटो बनाए पनि
हामीलाई छेक्न यिनैले खाल्टो खन्छन
सन्यासतिर लाग्ने बेलामा पनि
अँझै सत्ताको भोका भकाछन
अङ्गहरुले काम गर्न छाडे पनि
अँझै सक्छौ गर्न भन्दै आकाछन
देशलाई गाई बनाई,बुढो गोरुले जस्तो
सत्ता पार्टी कब्जा गर्याछन
बुद्धी विवेकको फ्युज उडी सक्यो
तैपनि सक्छौ भन्ने भ्रममा पर्याछन ।

यी बुढा गोरुले ओगडेसम्म यहाँ
गाई ब्याउने कुनै छाँट छैन
तर गोरुलाई हुत्त्याउने पनि
कुनै नाटाको यहाँ आँट छैन
साच्चैको नाटो भएको भए यहाँ
त्यो बुढो गोरुलाई के बाँकी राक्थ्यो
थारै गाई भएको भए पनि आजसम्म
त्यो बाली नाघेर ब्याइ सक्थ्यो
यी बिचरा नाटाहरू त
गोरुलाई पनि
साँढे हो कि सम्झी सम्झी डराउछन्
बिरोध गर्दा पनि
गोरुले सुन्ला कि भनी सुस्तरी कराउछन् ।

प्रेम ओली ढकलपुरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *