Skip to content

अमेरिकी जीवनचर्या

अमेरिकी जीवनचर्या

बिहानै नर नारी र, केटा केटीहरू पनि ।
आ-आफ्नो काममा जान, सावधान हुने अनि ।

केटाकेटी सवैलाई ,खानपान दिई कन ।
विद्यालय पठाऊँन, छ आतुर सवैकन ।

बालक बालिकालाई, सातै बजे छ पुग्नु त।
पढाउन विद्यालयै, नपठाई भएन त ।

विद्यालय नजानेका,बाबु आमा ज दण्डित।
हुनुपर्ने रहेको त्यो, कानून हुन्छ खण्डित ।

पुर्याउन कसैलाई,कसैको बस आउँछ ।
कसैको छैनआऊँने, पति वा पत्नि जानु छ ।

बच्चा सानै भएमा त, हुने अधिक त्रास नि ।
बच्चा हेर्न बसेमा त , कामै छुट्ने डरै छ नि ।

नेपालैबाट बोलाई, धराले ल्याउँनै पनि ।
प्रवेशाज्ञा दिईँ दैन, समश्यामा परे कति ।

आ-आफ्ना काममा जान, आतुर छन् सदै भरी।
नगरी काम हुँदैन , कसैलाई कसैगरी ।

कडा बन्धन कानूनी, बलियो कस्सिएर नि ।
यदा कदा हुने रैछ, कानून विपरीत नि।

छैन शक्ति कतै जान, राम्रै खुट्टा भए पनि ।
अपांगै बन्छ मान्छे त, बिना कार कुनै पनि ।

अनिवार्यै छ कारै त, अभिन्न अँग जीवन ।
अन्धकार सवै हुन्छ, हुन्छ बेकार जीवन ।

कामदारहरू पुग्छन्, तोकेको समयै भनी।
घामपानी झरी बर्षा. नबोली कत्ति नै पनि ।

विश्वका जनता आई, गरी काम कडाकडा ।
अहोरात्र गरी काम, बनाएका अमेरिका ।

कहिले ताप धेरै ज, कहिले हिँउँ नै पनि ।
बवण्डर कतै ठूला, घरै उडा उने पनि ।

कतै बर्षा भलै ठूला, घर बस्ती डुबाउने ।
गरेका काम त्यस्तामा,धेरै नै दुख पाउने ।

स्वचालित समाजै छ, यान्त्रिक जीवनी तर ।
अविराम घुमेकै छ, चन्द्र सूर्यसरी नर।

सितम्बर १६, २०१७. कलेज स्टेसन, यू एस

Leave a Reply

Your email address will not be published. Required fields are marked *