Skip to content

बालसाहित्य लेखनबारे केही पक्ष

  • by


भर्खरै केही साथीले मलाई हाम्रा लेखक-साथीहरूका अगाडि बालसाहित्य लेखनको खाँचोबारे लेख्नुपर्‍यो भनी भन्नुभयो । कुरा के साँचो हो भने मैले हाम्रा लेखकसाथीहरूका अघिल्तिर बालसाहित्य लेख्नुपर्छ भनी बालसाहित्य लेखनको महत्त्वबारे बारम्बार चर्चा गदैँ आएको हुँ । हाम्रो यहाँ बालसाहित्य क्षेत्र नखोलिएको पनि होइन तर धेरैजसो लेखकहरू बालसाहित्य क्षेत्रमा टेक्तैनन् र टेक नै भने पनि टेकिरहँदैनन् अर्थात् बालसाहित्य लेख्नतिर रुचि देखाउँदैनन् । वास्तवमा उनीहरू बालसाहित्य किन लेख्तैनन् त ? यसको जवाफ पाउन चेष्टा गर्‍यौँ भने हाम्रा लेखकहरूको भित्री यथार्थ कुरा थाहा पाइन्छ होला । आज हाम्रो देशमा राजा हटाइसकेको छ, राजतन्त्रलाई उखेलेर प\mयाँकिइसकेको छ । यसको अर्थ हाम्रो समाजमा अब सामन्ती संस्कृति छैन भन्ने हो त ? धेरैले के कुरा सकारेका छन् भने हाम्रो समाजमा रहेको सामन्तको प्रतीक राजालाई हटाइसके तापनि सामन्ती अवशेषहरू भने हाम्रा वरिपरि यथावत् बाँकी नै छन् । सामन्ती अवशेषहरू भनेका के हुन् ? ती भनेका हाम्रो समाजमा अर्थात् हामीमा समेत व्याप्त सामन्ती शिष्टाचार, पुराना सामाजिक मूल्य मान्यताहरू, व्यक्तिगत आचरण, धारणा -समाजमा चलेका उखान, नाचगान, टुक्काहरू कहावतहरू), संस्कारहरू, संस्कृति, रीतिथिति, व्यवहार, सामन्ती व्यवस्थासित गाँसिएका चाडपर्वहरू र चलनहरू आदि यथावत् रहेका छन् । ती कहाँ छन् त ? ती अन्त होइनन् हाम्रै समाजमा र हाम्रै दिल दिमागमा छन् । त्यसैले जो साँँच्चकै सामन्तवादका विरोधमा छन् उनीहरूले सबभन्दा पहिले आफू सामन्तवादका अवशेषहरूबाट मुक्त हुनुपर्छ । हामीले हाम्रो शरीरमा लागेका सामन्ती धूलो झार्दैनौँ भने त्यस्तो स्थितिमा हामी बालसाहित्यको क्षेत्रमा लाग्यौँ भने पनि हामी साँच्चिकै लागिरहेका हुँदैनौँ । यो कुरा बारबार भनिरहन नपर्ला, त्यो के भने सामन्ती समाजमा सबभन्दा चर्को शोषण बालबालिकाहरूले खेप्नुपरेको हुन्छ र खेपेका हुन्छन् भन्ने कुरा हामी बुझ्दैनौँ भने त्यसबेला सामन्ती मूल्य र मान्यतालाई अँगालेर लेखिएका हाम्रो बालसाहित्य साँच्चैका बालसाहित्य नभएर बालहितविरोधी साहित्य हुनजान्छ ।

माथिको कुरालाई अझ राम्ररी बुभ\mन हामी यसरी हेरौँ । हामीले देखेका छौँ विद्यालयहरुमा पढाइने पाठ्यपुस्तक सत्तामा आउने परिवर्तनहरूसित परिवर्तित हुने गर्छन् । किन ? हाम्रो मुलुकमा राणाहरूको हैकम चल्दा एउटा पाठ्यपुस्तक राखिएको थियो भने २००७ सालपछि तिनका ठाउँमा अर्कै पाठ्यपुस्तक राख्नथालियो त्यसरी नै २०१७ सालपछि सत्तामा आएको परिवर्तनसँगै पाठ्यपुस्तकहरूको रूप पनि फेरि फेरियो । यो क्रम पछि पनि कायम रह्यो । कुनै समाजमा जति बढी समयसम्म एउटा सत्ता टिक्छ त्यति नै गहिरो गरी तिनले तत् समाजको भित्री तहसम्म आप\mनो जरो गाड्न प्रयत्न गर्नु स्वाभाविक छ । जरो गाड्ने प्रयत्नमा लाग्दा तिनले गर्ने काम भनेको सुरुमा विरोधीहरूलाई बलले थिच्नु नै हो भने त्यसपछि संस्कृतिको क्षेत्रमा आफूलाई टिकाउन अनेकन् कुरा फिंजाउनु हो -अन्धविश्वासकै कुरा नै किन नहोस् जस्तै आफूलाई सत्तामा आउन द्यौताले वरदान दिएको, दैवीशक्ति भएको जस्ता कुरा), नयाँ चलनहरू चलाउने, रीतिथिति चलाउने, आफूलाई अर्थात् सत्ताको पक्षमा मिल्दो उखान टुक्का हाल्न लाउने, चाडपर्व जात्रा चलाउने, गुठी राख्ने, मन्दिर परिसरमा शिलापत्र राख्ने आदि गरिन्छ । यसरी संस्कृतिको क्षेत्रमा जरो गाडिएपछि त्यहाँका जनतामा त्यो व्यवस्था जस्तोसुकै शोषणयुक्त भए पनि त्यहाँका जनता शोषणका अघिल्तिर शोषणबाट मुक्त हुन नखोज्ने खालको बन्छन् । उक्त व्यवस्थाले पि+mजाएको संस्कृतिको रसमा भनौं रक्सीमा लठ्ठएिर अचेत बन्नपुग्छन् र सत्ताबाट आफैं शोषित भए तापनि त्यसकै पक्षमा आफू लाग्छन् र आप\mना शाखासन्तानलाई समेत जस्तोसुकै गाह्रो पर्दासमेत पुरानो नीतिनियम नतोड्न सल्लाह दिनपुग्छन् । त्यस्तो सत्ताले धेरै पुस्ताबीच आप\mनो हितमा रचित ती चलन जात्रापात्रा, चाडपर्व फिँजाउन सफल भयो भने त त्यहाँका जनतालाई तिनीहरूका बीचमा पि”mजाइएका संस्कृतिको रक्षा गर्न तिनीहरू आपै”m लाग्ने हुन्छन् । यसरी ती संस्कृति अन्तर्गतका चलनहरू, रीतिथितिहरू, उखान टुक्काहरू, कहावतहरू र धेरै समयपछि तथाकथित लोकसंस्कृतिकै रूपमा स्थापित ती कुराहरू र अनेकन अरू चाडपर्वले हाम्रो अहित गरे पनि वा गर्दा-गर्दै पनि हामी त्यसलाई यथावत् जोगाउन ज्यानसमेत दिन पछि नपर्ने हुन्छौँ । त्यसैले के कुरा सही हो भने राजनीतिक क्रान्ति सफल भयो र हामीले आर्थिक उपलब्धिहरू पनि हात पार्‍यौँ भने पनि सांस्कृतिक क्षेत्रमा क्रान्ति भएन भने राजनीतिक क्रान्तिका सफलताहरू धेरै समयसम्म टिक्ने छैनन् । हाम्रा राजनीतिक तथा आर्थिक क्रान्तिका सफलताहरू वा उपलब्धिहरू फेरि पुराना सत्ताकाहरूले संस्कृतिको मोहमा परेका जनताबाट सजिलै खोसेर लिनेछन् । यो कुरा “दसैँ हैन दशा आयो” भन्दै र समाजमा चलेका चलनअनुसार चल्न र दसैं मनाउन -बिहे-व्रतबन्धका पुराना चलिआएका चलनहरू, दाइजोप्रथा, तिलक आदि प्रथा टिकाउनसमेत) आप\mना घरजग्गा बेच्दै हिँडिरहेका जनतालाई देखेपछि प्रष्ट हुन्छ ।

त्यसैले बाल साहित्य लेख्न भनी अघि हिँडेका वा हिँड्न खोजेका हामीहरू आफूले अँगालिरहेका संस्कृति के कस्ता हुन् केलाएर हेर्ने गरौँ र हाम्रा बालबालिकाहरूलाई सामन्ती संस्कृतिको सम्भावित आक्रमणबाट जोगाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *