Skip to content


कालो मसी बिग्रेर
नमिठो गह्नाउँछ कहिलेकाही
लचकदार कुर्सीमा विराजमान महाशयको
कालो कोटको खल्तीमा सिउरेको
सुनको कलममा,

स्वाभिमान,
देशभक्त,
राष्ट्रियताका शब्दहरू बन्न
जम्मा भएका अक्षरहरू
जब
आलाप बिलाप हुन्छन्
त्यसपछि
दगुर्छ देशको सीमाना कोर्न यी कलमका निवहरू
कोर्दा कोर्दै सीमांकणका रेखा
भाच्चिएर यी धातुका निवहरू
खुत्रुक्कै थुप्रन्छ
कवाड खानामा
अभागी
देशको
विच निधारमा,
कस्तो अभागी यो देश ।

जून १६, २०१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *