यताकै गर्न सकेनस भने
बनारस गएस्
दिल्ली गएस्
अरुकै बन्न सकेनस भने
मन्त्री त पक्कै भएस् ।
सके न्यायधीश भएस्
नभए पुलिस भएस्
त्यो पनि हुन सकेनस भने
मन्त्री जाबो त पक्कै भएस् ।
मास्टर बन्नलाई पढ्नु पर्यो
डाक्टर बन्न झन पढ्नु पर्यो
बरु स्कुल छोडी भागेस
एउटा पार्टीतिर लागेस
पैसो तिरेर पढाउने मेरो आट छैन
छात्रबृतिमा पाउने तेरो छाँट छैन
सके जमदार भएस्
नसके हवल्दार भएस्
त्यो पनिसकेनस भने
मन्त्री त पक्कै भएस् ।
पार्टीमा लागेपछि
ठुला नेता कहाँ जान्छन देखेस
कस्को कसरी चाकरी गर्छन् सिकेस
जनतालाई कसरी ढाट्छन जानेस
झुट नै सब सत्य हो मानेस
उत्तरका प्रभुलाई सलाम ठोकेस
दक्षिणका स्वामिलाई ढोकेस
यती भए पछि तैले आकाशै छुन्छस
उस्तै परे मन्त्रिको के कुरा
यो देशको त प्रधानमन्त्री नै हुन्छस ।
घुस खोरहरू उडुस जस्तै फैलाएस्
बन जंगललाई खसी झै खाइलाएस्
मन्त्री भए पछि तैले पनि
यो नेताको जात जनाएछ
त पनि टन्न घुस हसुरेर
फर्सी जस्तै गनाएस्
देश र जनताको चाहिं
हरिबिजोग नै बनाएस् ।
प्रेमवली ढकलपुरे