मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
स्वर्गको यात्रा - सर्ग ०१ (एक)
editor — Fri, 10/13/2017 - 01:59
मङ्गलाचरण
ए हरि ए हरि जगत जमायौ
दुई दिनमा मर्न पर्ने जीव बनायौ
जन्मेपछि मर्छ जीव यो त धुवसत्य्र
सत्यलाई आधारमानी कोरेको छु कथ्य
यै सत्यको कर्मफल चाख्नलाई आज
तिम्रै आराधना गर्न लागेको छु नित्य
ऋषि मुनि भन्ने गर्छन् पुनर्जन्म हुन्छ
सिद्ध पनि गरेका र्छौ जन्मेपछि मर्छ
तिम्रो कर्म अटल छ कस्ले टार्न सक्छ
अजर र अमर आत्मा अन्त कतै सर्छ
नत माता नत पिता नत बन्धुवान्धव
रोक्न कोही सक्दैन तिम्रै चल्छ ताण्डव
डाक्टरले रोगी जाँच्छ तर आफै मर्छ
जान्दछन् सब कर्म आजका यी मानव
तनभित्र अति सूक्ष्म आत्मा सजाएर
तनलाई पाली राख्छौ माया लगाएर
कुकर्म देख्यौ भने दण्ड पनि दिन्छौ
भित्रीसूक्ष्म आत्मालाई लान्छौ भगाएर
तनरूपी घरबाट आत्मालाई तान्छौ
अतीन्द्रीय रूप दिन आवश्यक ठान्छौ
पाप धर्म सबै कर्म तन–गर्ने ठानी
अङ्गुष्ठरूपी तनबनाई दण्ड दिन लान्छौ
शरीरले जे जे कर्म पृथ्वीमा गर्छ
स्वर्ग नर्क जाने कर्म त्यसमा भर पर्छ
शुभकर्म जस्ले गर्छ स्वर्गतिर लाग्छ
पापकर्म गर्नेवाला नर्क मार्ग धर्छ
जन्तुजगत् निर्माणमा मानिसको रूप
सचेतन–अतीन्द्रीय प्रदान गर्यौ खुप
कर्मफलको परीक्षा आते जाते सबै
छाडा छोडी नरलाई आफू बसी चुप
मानिसले जीवित छँदा जे जे कर्म गर्छ
अतीन्द्रीय रूप त्यसले मरेपछि धर्छ
अतीन्द्रीय रूप त्यही स्वर्ग नर्क भोग्ने
पापकर्मी मनुवा त वैतरणीमा झर्छ
अतीन्द्रीय शरीर त मानिसमात्र धर्छ
स्वर्ग नर्क मुक्ति भोग्न मानिसले पर्छ
अरू जन्तु यस पथमा प्रवेश पाउँदैनन्
मुत्यु पछि यस्ता जन्तु योनि जन्म धर्छ
जलशैया शयनमा योगनिद्राको साज
नाभीबाट कमल फूल, ब्रह्माजीको राज
लोकहरू निर्माण भए तिम्रै इच्छाबाट
स्वर्ग नर्क पातललाई तिमी दिन्छौ काज
दर्शन मैले पाउँ हजुर सत्यमय रूपको
शब्द बगुन् सुधाबनी स्वाद मीठो सुपको
सत्यमय रूपबाटै सिर्जना भो लोकको
अमरत्व बनोस् काव्य भाव बनोस खुपको
प्रथम अवतार सनतकुमार सृष्टि सिर्जनामा
बराहरूप धारण गर्यौ दोस्रो अवतारमा
रसातलकी पृथ्वीलाई निकालेर ल्यायौ
जलचर थलचर संसार निर्माणमा
यै धर्तीमा जन्म दिन्छौ यै धर्तीमा मरण
लगाउँछौ कर्म गर्न सबको गर्छौ भरण
सात्वत तन्त्र मिल्यो नारद अवतारमा (तेस्रो अवतार)
काव्य अजर अमर बनोस् तिमै्र पर्छु शरण
चौथो अवतार हुन गयो नरनारायण
ऋषि बनी तप गर्यौ भक्त परायण
तिम्रै तप मैले गर्छु प्रणमन फिजाई
काव्यशब्द बन्न सकुन् प्रणय प्रणयन
हरेक तिम्रो अवतारमा नयाँ तथ्य हुन्छन्
ईश्वरीय तत्त्वलाई भावनाले गुन्छन्
भाव झल्कोस् भक्तिमय शब्द बनून् अमृत
अपवित्र तत्त्व भए यै अमृतले धुन्छन्
पाँचौं तिम्रो हुन गयो कपिल–अवतार
साँख्यशास्त्रको उपदेश दियौ बारंबार
अमृतरूपी उपदेश मैले पनि पाऊँ
कर्मफल–प्रस्तुत–इच्छा प्रवलको सार
पाँचौ अवतार जब भयो कपिल नाम रह्यो
साँख्यशास्त्र–शिक्षा पनि तिमीबाटै भयो
दत्तात्रय नामा रह्यो छैटौं अवतारमा
ब्रह्म–विद्या–उपदेश दियौ यथासारमा
भक्तवत्सल तिम्रो कृपा तीनैलोकमा हुन्छ
भक्तजनका तनमा पसी आत्मालाई धुन्छ
अलर्क र प्रह्लादमा दियौ ब्रह्मज्ञान संदेश
यस्तै संदेश मैले पाउँ नत्र यो मन रुन्छ
सातौं अवतार हुन गयो यज्ञदेव रूप
यज्ञ–अनुष्ठान कर्म गरेऊ तिम्ले खुप
इन्द्रादि देवसँग गरेऊ मिलीजुली कर्म
तिम्रै साथ मिलोस् भनी गर्छु दौडधूप
आठौ अवतार तिम्रो ऋषदेव भयो
गृहस्थाश्रम निर्देशन यहाँ हुन गयो
नवौं अवतार हुन गयो तिम्रो पृथु देव
ऋषि मुनिहरू सबको भक्तिभाव रह्यो
गौरूपा पृथ्वीलाई दुहन गरी लियौ
यसैबाट संसारलाई महाऔषधी दियौ
दशौ तिम्रो हुन गयो मत्स्य अवतार
वैवस्वत मनुलाई सुरक्षा नै दियौ
अवतार एघारौंमा कूर्मरूप लियौ
मन्दराचल पर्वत पीठमा उठाइ दियौ
बाह्रौ अवतारको त्यो धन्वन्तरि नाम
अपरम्पार छ प्रभू तिम्रा सबै काम
तेह्रौ अवतारमा माोहनी रूप धारण
देवतालाई अमृत बाढ्ने थियो कारण
अति सुन्दर रूप तिम्रो दैत्य लोभ्याउने
दैत्य बने अति मोहित देव बने पारण
हिरण्यकशिप्युले गरे अति अत्याचार
नृसिंह रूप बन्न गयो चौधौं अवतार
हिरण्यकशिप्युलाई तिमीले गर्यौ वध
प्रह्लादलाई उद्धार गर्यौ तिम्ले सरासर
पन्ध्रौ अवतार तिम्रो वामन रूप धारणा
बलिबाट तीन पद जमिन लिनु थियो कारण
सोह्रौ अवतार भयो परशुराम रूप
ब्राह्मण द्रोही क्षेत्रीको नाश गर्यौ खुप
सत्रौ अवतार तिम्रो व्यास हुन गयो
वेदका शाखाहरूले विस्तार नै लियो
अठारौं अवतारमा राम भई आयौं
पृथ्वीको भार हर्न चारैतिर छायौ
वीसौं अवतारमा कृष्ण वलराम
पृथ्वीको भार हर्दै कीर्तिमा रमायौ
एक्काइसौं अवतार भयो बुद्ध रूपमा
यस पछि जन्म हुने कल्कि अवतारमा
सत् गुणी अधिष्ठानका लाखौ अवतार
नम नम गर्छु प्रभु मैले बारं बार
तिमी नै हौ कल्पवृक्ष गुरु संसारका
स्वर्ग–भोग प्रदान गर्ने भव सागरका
तिमीबाटै प्राप्त हुन्छ वैकुण्ठको बास
स्वर्ग नर्क मार्ग यात्रा तिमी तारकका
असंख्य छन् तिम्रा कर्म असंख्य नै लीला
मायवीय यै लीलामा दिन्छौ भाग बिला
जन्म–मृत्यु चक्रले सबलाई डसेको छ
सारतत्त्व खोज्दै हिड्छु तिम्रै रूपशीला
भन्ने गर्थें यो लोकलाई मैले कर्म–भूमि
स्वर्गभन्दा प्यारो लाग्छ भन्थे जन्म–भूमि
शान्ति भवन पहिल्याउन घुमे सारा तीर्थ
शान्ति मय विश्राम–स्थल पाइन तप–भूमि
जता हेर्छु चारैतिर विकृति नै देख्छु
भन्ने गर्छु मनमनै शान्ति गाथा लेख्छु
स्वर्ग–मार्ग प्राप्त गर्न ठूलो इच्छा जाग्यो
प्राप्त हवोस् मार्गचित्र ला’को तीर्खा मेट्छु
यमदूत भाग्न जाउन् देवदूत आउन्
प्रदूषित संसारमा शुद्धता नै छाउन्
सुधामय काव्य होस् सबै जनजनमा
शब्द शब्द काव्यसार देवगित गाउन्
स्वर्गको यात्रा
आज संसारमा
देखिएको सर्वत्र जात्रा
मानिसले भोग्न परेका कष्ट
गरुडपूराणले दिएको मार्गदर्शन
सहज र सरल तरिकामा
उतार्न सकुँ
यही नै मेरो श्रीहरिमा
हार्दिक प्रार्थना
यो ध्रुबसत्य हो
मानिस जन्मेपछि मर्छ
विविध कर्म गर्छ
भनिन्छ स्वकृत कर्मको फलबाट
स्वर्ग र नर्क भोग्छ
अतिशय गर्नु हुन्न भन्थे अग्रजहरू
अति लोभ गरेपछि खस्न जान्छ बरू
विद्वान र सज्जनको सङ्गत गर्न भन्थे
स्वर्ग–यात्रा गर्नलाई यही बन्छ धरू
धर्म कर्म जीवनका सहयात्री मित्र
माया प्रेम धनसम्पत्ति हुन्छ घर भित्र
धर्म कर्म गर्दै गए मिल्न जान्छ धन
धर्मभित्रै मिल्न जान्छ ईश्वरीय चित्र
संसारमा बन्धनको कहीं कमी छैन
प्रेमरूपी बन्धनमा कसी लगाईदैन
प्रेमरूपी बन्धन त अति दृढ हुन्छ
तृष्णाबन्धन् तुच्छ हुन्छ स्वर्ग पाइँदैन
भावनामा हरिसँग मिलनको विन्दु
नदीबग्दै पुग्नेस्थान हुन जान्छ सिन्धु
यही मार्ग समाएर काव्य लेख्न लागें
स्वर्ग जाने मार्ग खोज्दै भावनामा जागें
केशवले गरुडलाई जति सन्देश दिए
तिनै सन्देश केलाएर मैले ज्ञान पिएँ
यिनै शब्द केलाएर रसपान गर्दै
काव्य अघि बढ्दै जावस् भन्दै बिदा लिएँ ।
(समीक्षात्मक पौराणिक महाकाव्य)
- 723 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 18 hours ago - सानो आग्रह गरे है सर
3 days 12 hours ago - कत्रो दुर दर्शिता
1 week 21 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 20 hours ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 9 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- काली
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
Last viewed:
- ‘मातृभाषा’ कि ‘मातृशक्ति’ थीक ?
- "सुन्दै सुनिनौ र बुझ्दै बुझिनौ"
- मुसाले तर्सायो
- गजलको सैद्धान्तिक परिचय ः गजलका तत्व र तिनीहरुको सङ्क्षिप्त अध्ययन [गजल संवन्धी बहस श्रृंखला]
- लहरो बोल्छ शान्ति
- मनहरूलाई
- तीन मुक्तक (ढल्किरहेछ, सिउने मन, कसरी सहनु)
- कहाँ भोजराजा कहाँ गङ्गु तेली
- पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी
- मनको व्यथा
- क. हतियार
- असारे गीत(झ्याउरेमा)
- विवेकहिनता
- सिधा कुरा
- प्रेमबीज
- जिन्दगीमा बाँच्नलाई आश बाँकी थियो
- झाँक्री ले बचाउँछ
- मोटरबाइक र गाडी सुन्दर युवतीजस्तै हुन् by dev
- स्वार्थ अनि घमण्डले जलाउँछ
- भू्कम्पकाे स्मरण
- हाइकुहरु
- म र मबाट हामी बनौं
- नयाँ वर्ष
- एक्लो व्यग्रता
- किचकन्या
- नया युग कोरियोस
- कति आसामा पर्खी बसुँ म ?
- दशैंको टिका थापन यसपाली
- बधाइ छ तिमीलाई
- प्रेम !
Post new comment