Skip to content


हेर न साथी त्यो पारी डाँडा हिमाल हाँसेको
घामको झूल्को पाखामा पर्दा मयूर नाचेको

हरियो वन बाघ र मृग बसने रमाई
खुशीले बस्छन् कालिज डाँफे हाँगोमा समाई
पधेंरो रै छ गैरीको दह यी प्राणीले पिउँदछन्
नेपाली माटो नभूली यहाँ गौरवले जिउँदछन्

हेर न साथी त्यो पारी डाँडा हिमाल हाँसेको
घामको झूल्को पाखामा पर्दा मयूर नाचेको
बाँसना छर्दै अनेकौं फूल कान्लामा फुलेका
भनभन गर्दै भमरा मौरी रस लिन झुलेका

लहलह धान यै फाँट भरी पहेलै लर्केका
फापर आलु एसेलू काफल झपक्कै फलेका
हेर न साथी त्यो पारी डाँडा हिमाल हाँसेको
घामको झूल्को पाखामा पर्दा मयूर नाचेको

सलल नदी बगेर झर्ने हिमाली डाँडामा
गुँरास फूल्ने राता- र सेता चौतारी पाखामा
तुसारो पनि जमेछ सेतै फूलेछ मलायो
रमाइ चर्छन याकसँग चौरी मृग र जरायो
हो मृग र जरायो ।

1 thought on “हेर न साथी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *