Skip to content

तिमी तिमी खोज्छु


हिजो हराएछौ तिमी आइनौ आश लिई बसें
आइनौ कल्पनामा भावनामा मुटु बिछ्याई बसें
मनभित्रका तरङ्का हर धारमा खोजें
मुटुका चलने तिम्रा हर चाल्मा खोजें

धडकिएन कि तिम्रो मुटु फडकिएन कि नयन
अनिंदो भई बितिरहेछ मेरो एक्लास यो जीवन
गति तिम्रै बोकी हिंडछु मति तिम्रै धर्छु
दोबाटो चौबाटो म तिमी तिमी हेरिरहेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *