मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिमी र म
editor — Tue, 10/17/2017 - 01:22
मेरो मुटुमा ठोकिएर, चिसिएर गएको
यो बतासले
तिम्रो मुटुलाई छुनै सकेन
तिमी मुट्ठीमा विष लिएर हाँस्दै–नाच्दै
यत्रतत्र सर्वत्र छर्दै–छर्दै हिडिरहेका छौ
म हत्केलामा अमृत लिएर
तिमीले छरेको विषलाई निस्तेज पार्दै–पार्दै हिंडिरहेको छु ।
तिमी नीतिको नाममा लडेका छौ
रीतिथितिका नाममा लडेका छौ
धर्म, संस्कार र संस्कृतिका नाममा लडेका छौ
म सिङ्गो देशको लागि लडेको छु
स्वच्छ वातावरण र परिवेशको लागि लडेको छु ।
यति त बुझ मेरो भाइ
यी आमा, तिम्री पनि हुन् मेरी पनि
यो माटो, तिम्रो पनि हो मेरो पनि
तिमी पनि यही माटोमा विलिन हुन्छौ, म पनि
आखिर, हाम्रो गन्तव्य त एउटै हो
तिमी हिड्ने बाटो फरक छ
माथि छ, फराकिलो छ
हो मलाई थाहा छ,
तिम्रो गोडामा जुत्ता पनि छ
ढुङ्गालाई फुटबल नबनाई सुस्तरी हिड न हई !
म पनि तल भिरालोमा सानो गोरेटोमा, खाली खुट्टा हिडिरहेको छु
झरिपो हाल्छु कि कोशीमा, मनमा पीर छ
तिम्रो फुटबल खसिपो हाल्छ कि, यो तक्दिरमा, माथि अक्करको भीर छ ।
तिमीसँग त करोड छ
मसँग त यी नै दुई पैताला अड्ने रोड छ
तिमीलाई त चौरासी व्यञ्जन फालाफाल छ
मलाई त यही रित्तो पित्तलको चुने भाँडो, सिलबरको कुच्चिएको थाल र
चन्द्रमा चियाउने एउटा पाल छ
तिमीसँग त अथाहा धन छ, मसँग एउटा पवित्र मन छ
तिमीसँग दया छ, मसँग चोखोमाया छ
तिम्रो गोजीमा नोट र आङमा कालो कोट छ
मेरो गोजीमा मट्ङ्ग्रा र आङमा चोटै चोट छ
तिमीलाई त थाहा होला नि हई !
कात्रोमा त गोजी हुन्न रे नि !
तिम्रो पन नेपाली, मेरो तन मन नेपाली ।
मुखमा रामराम बगलीमा छुरा
जानेको छौ तिमीले धेरै चिप्ला कुरा
पढेका छौ पाठशालामा, लडेका छौ बधशालामा
आफू त, कालो अक्षर भैँसी बराबर
आफ्नै बाटो हिड्छु सरासर
भित्र जस्तो बाहिर त्यस्तै
छन्द, अलङ्कार, रस केही छैन
निरस–निरस छु ।
तिमी र म
बनोट उस्तै, सिद्धान्त एउटै
परिभाषा बेग्लै ।
सविन लम्साल
षडानन्द–६
दिङ्ला, भोजपुर
- 2690 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 17 hours ago - आभार प्रकट गरे
3 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
4 days 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 14 hours ago - एकदम सान्दर्भिक
4 days 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- पद्यान्तरको भूमिका
- छातीभित्र मुटु रुन्छ
- को आफ्नो को पराइ ?
- के नेपाल सानो छ पद्यानुवाद - ०२
- कहिले पुरै देखिएर हिड्नुपर्छ जून जस्तै
- कागज जस्तै
- नेपालको राष्ट्रिय गान
- स्वास्थ्य सन्देश
- भरदुतिया (लघुकथा)
- तिमीले भुलेका कथा
- श्रद्धाञ्जली
- कोमलप्रसाद पोखरेलको "अमेरिका यात्रा"को पठन गर्दा
- सोचेजस्तो हुन्न जीवन
- समवेदना
- चोट
- शहर रित्तिएको छ (दशैं)
- जिन्दगीका जङ्घारहरूमा रुमलिन्दा
- हुन्न हुन्न हुदै हुन्न
- सलाम छ मेरो हजुरहरूलाई
- आमा
- हिरो मात्र होइन राजेस सुपर स्टार भयौ
- रंगीन चरा
- लुक्यौ किन?
- धार्मिक पर्यटनको क्षेत्र दाउन्नेदेवी
- मृगतृष्णा.........
- गमलाको फूल झैं
- खोइ के ढाल्यौं कमरेड हामीले ?
- तिम्रो नजरमा पनि
- जीवनबोधका कविताहरू
- मन्दाक्रान्ता छन्दमा एउटा गजल
Post new comment