Skip to content

हुड्क्या पटुकी


झोडा, चम्फा सुनायौ
र मलाई
बोल्ने बनायौ

मेरो बोलीले
तिमीलाई लाटी बनायो

रानीपोत लाइदियौ
र मलाई
रानी बनायौ

त्यै रानीफूलको हरकले
तिमीलाई रैती बनायो

फेरि
मेरो अधरभरि
हाँसो दिएर पठायौ

अनमोल हाँसो
लिएर
फर्किरहेछु काठमाडौं

आमा रारा !
अब के ठाउँ छ र तिमीले यो –
मिठी छोरीलाई क्षमा दिने
जो नाच्न आइजाने छैन पक्कै
तिहारको
हुड्क्या पटुकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *