Skip to content

अमेरिकामा द्यौसी-भैलो

नेपाली पुग्दछन् जाहॉँ, पुग्छ नेपाल नै पनि ।
भन्ने देखिन्छ साँच्चै नै, अम्रिका देशमा पनि।

दशैँ तिहारका जस्ता, ठूला पर्व सवै जसो।
द्यौसी भैलो मनाएर, मान्छन् हर्ष बढी जसो ।

ती नागरिक त्यतैका , कानूनी रूप देखिने ।
संस्कृति चाडबाडै त , नेपाली सव देखिने ।

खैँजडी मुजुरा ठोक्दै, भजन कीर्तनै पनि ।
पूजा तर्पण श्राद्धै नि,गर्दछन् मन्दिरै पुगी ।

नेपाली माँदलै बाजा , नेपाली गीत कै लय ।
नेपाली ड्रेसमा उनी, नाचेका सव निर्भय ।

द्बौशीमा ती सवैलाई , दिएर आशिषै तिनी ।
फलफूल दक्षिणा ली , फर्कन्छन् बाल वृद्ध नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *