Skip to content


ए ट्याक्सी दाइ
जाउँजाँउ हरर मीटर कुँदाउदै
बाटो समाउदै
सत्य बोली मिठो लय गीत सुनाउदै

पहिले थिएन मोल तोल मीटर बढाउने
गाह्रो सारो मान्छेलाई बन्धक बनाउने
पढे लेख्या कमै थिए सबै रमाउने
जगलाई दिन्थ्यौ सन्देश राम्रो देश बनाउने

हिजो आज ट्याक्सी वढ्बयो वदमासी
पुलिस दाइको छाक टार्न बने सहयात्री
काँटा काटी मीटरका ठगी बढाउने
आगन्तुक्लाई किन होला सधैं सताउने

रोज्ने यात्रु किन होला पैसा बढाउने
चुत्थो सरकार तेसैमा किन रमाउने

लाग्छ सबै ट्याक्सी जलाउने पो हो कि
ठगी धन्दा छोडी सधैं रमाउने पो हो कि
आइजीसम्म ख्वाउनु पर्छ भन्छन छाती खोली
कस्तो बन्लान जहाँन तीनका देश हाम्रो भोलि

प्रहरी छन् निरही, हाकिम मद मस्त
झसकन्छ देश कहिले कानून अलपत्र
हिजो झैं सुगन्धको छैन केही फेरो
जता हेर्यो दुर्गन्धको हो र देश मेरो

1 thought on “ए ट्याक्सी दाइ”

  1. हिजो आज ट्याक्सी पाउछन
    हिजो आज ट्याक्सी पाउछन स्यावासी
    पुलिस दाइको छाक टार्न हो की बद्मासी
    काँटा काटी मिटर का ठगी बढाउने
    आगन्तुक्लाई किन होला सधैं सताउने

    रोजने यात्रु किन होला पैसा बढाउने
    चुत्थो सर्कार तेसैमा किन रमाउने

    लाग्छ सबै ट्याक्सी जलाउने को हो कि
    ठगी धन्दा छोडी सधैं रमाउने पो हो कि
    आइजी सम्म ख्वाउनु पर्छ भन्छन छाती खोली
    कस्तो बन्लान जहाँन तीनका देश हाम्रो भोली

    प्रहरी छन निरही। हाकिम मद मस्त
    झसकन्छ देश कहिले कानुन अलपत्र
    हिजो झैं सुगन्धको छैन केहि फेरो
    जता हेर्यो दुरगंनध छ हो र देश मेरो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *