Skip to content

योग- वियोग जीवन चक्र

योग- वियोग जीवन चक्र

हो अक्तूबरको बाइस दुई हजार सत्र नै।
कार्तिक पाँच नै गते भयो बेला त फर्कने।

कलेज स्टेशनै केन्द्र उपस्थित सवै रहे।
बालिका बाल नारी ती भेला त्यहाँ सवै भए।

सैन ऐन्टो नियोका र अष्टिनका सवै गई।
कलेज ष्टेशनैमा नि भयो नि भव्य विदाई।

इन्दु गौरी र कान्ता ती महेश अनि पूर्ण नी।
भयौँ भेला सवै त्यहाँ विमलको घरैमा नी।

समीक्षात्मक सन्दर्भ पारिवारिक काम को।
कुराकानी भयो त्यहीँ वियोग हुन लागियो ।

कान्छो त्यो नाति हेर्दै छन् मुहारमा बुवा भनी ।
नातिनी अनिका नि जान्छु नेपाल म पनि ।

संयोग पछि पक्कै नै वियोग हुन्छ नै सदा।
विधान विधिको यस्तो मान्नै पर्छ बुझौँ सदा ।

2 thoughts on “योग- वियोग जीवन चक्र”

  1. सम्पादकज्यू ,
    ‘भूमण्डल पछाडिको यात्रा ‘-२ र ३ तथा “योग वियोग जीवन चक्र “ अपलोड गर्दा दोहोरो परेको छ, दोश्रेा प्रति हटाउन सकिन, कृपया यो कार्य सम्पादन गर्न सहयोग पाउंड छु कि ?
    पद्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *