Skip to content

यो देश नङ्ग्याउन

जित्नै छैन चुनाउ भ्रष्टगणले माला लगाई सके
सारा भ्रष्ट मिले मिलेर पहिल्यै यो देश खाई सके
बोल्नै हुन्न अगाडि सर्दछ उही उस्कै छ डाको ठुलो
केही छैन उपाय आज घरमा बल्दैन यौटै चुलो ।।

आयो फेरि चुनाउको दिन यहाँ आएर के पाउनु ?
हामी छौं रनभुल्ल फेरि अहिले धाई कता धाउनु ?
काला कानुनबाट यो मुलुकले उन्मुक्ति के पाउनु ?
आँखा चिम्म गरेर धूर्तहरुको के गीत यो गाउनु ?

कोही छैन पराइ यो मुलुकमा सम्पूर्ण आराध्य छन्
उल्टा त्यो मतदान गर्न बिचरा यो याममा बाध्य छन्
के सक्थे तिनमाथि नागरिकले भेटेर दङ्ग्याउन
सारा धूर्त सरे अगाडि अहिले यो देश नङ्ग्याउन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *