प्लस टु भ्याएर कुनै एक दिन
मनमा उमंग बोकेर म
हावा जत्तिकै हलुका भएर चढ्नु छ हवाई जहाज
– मेरा अगाडी छन पासपोर्ट भिसा र कयौं डकुमेन्टहरु ।
-चुनाव जितेको नेता
र, खेल जितेको खेलाडी झै
शीर ठाडो बनाएर उड्नु छ चरा बनेर ।
प्लस टु का रिजल्ट कुरेर बस्या मेरा नयनहरु
आइल्सको नम्बर सगै आतुर हुन्छन उड्न
बिदेशी कुनै एक कुनामा ।
मन सझिएर पुग्छ बिमानस्थल
र मितेरी लगाउछ परदेश उड्ने बिमानस्थलसग
मन धाउछ एम्बेस्सीतिर र
आफ्नै आफन्त बनाउछ एम्बेस्सरहरुलाइ
भिसा टिकट मिलाउछ
र उड्छ बिदेश
र २० घण्टा काम गर्दै
मोबाइलमा गाना बजाउछ
– सुन साइली परदेशबाट म आउला
-सुन साइली चालीस कटेसी रमाउला ।