Skip to content

मेहनतको सुवास


रातै फुलेका गुलाब, गुराँस र चमेली
अनि तिनका लठ्याउने सुगन्ध
सुन्दर लाग्छ
र त रोप्छन् आँगनमा
रोप्छन् गमलामा
र तिनको सौन्दर्यको भोग गर्छन्
मान्छेहरू
यही भोग र सम्भोगको लालसामा
हरेक दिन लुटिइन्छन्
सुन्दर फुलहरू
कोही बोटबाटै
कोही गमलाबाटै

तर अहँ म फूल रोप्दिन
सुगन्धमा रमाउँदिन
मलाई फुलका तिखा गन्धहरू
स्कुले केटीको छोटो स्कर्टबाट
छोप्दा छोप्दै देखिएको
जवानी जस्तो लाग्छ
उत्ताउलो र अभद्र

प्रिय
मलाई त तिम्रो
पसिनाको सुवास औधी मनपर्छ
जुन तिमी र मसँगै
कुटो कोदालो गर्दा निस्कन्छ
तिम्रो शरीरबाट

हो,
मलाई औधी मन पर्छ
तिम्रो मेहनतको
पसिनाको सुवास ।

क्षेत्री अजित
स्याङ्जा, हाल: युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *