Skip to content


जहाँनिया एकतन्त्र फलफूल
जननी जनेश जन अनुकूल ।
नियति हाम्रो यो हामी रनभुल्ल
हुनेछौ त्यसैमा जो झ्याम्मि प्रफुल्ल ।।

अशिक्षा र गरिबीको शस्त्र अस्त्र
लूट सर्वश्व प्रजाको लुटतन्त्र ।
देवदेवी श्रीमूर्ति सारा फू मन्त्र
देशवासी रैति मारा लेऊ जन्त्र ।।

अनिकाल भोकमरी तन् मनमा
नोकर र दासदासी जन् धनमा ।
आज्ञाको विवेकहीन घटनामा
राज गर न्यायहीन जनतामा ।।

मैनबत्ती दियालो टुकी नै हाम्रो
दिनचर्या आधार चिर्ने अँध्यारो ।
सदा लगाउ लोडसेडिङ तिमी
चरम महँगी शून्य अर्थ नीति ।।

चाहान्नौ शिक्षा संसार देखाउने
गणतन्त्र जननी यो मेटाउने ।
चाहान्नौ पहिचान यो झल्काउन
अधिकार जात् जातिको जन्माउन ।।

∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞∞

Leave a Reply

Your email address will not be published. Required fields are marked *