२०७४ कार्तिक १० गते पारिवारिक बोझ बोकेर सिरहाको गोलबजार उत्रिएँ । कोठामा समान मिलाउँदा मनमा अरू बोझ थपिएछ । २०४७ साल अघिदेखिको बोझभन्दा भिन्न थियो त्यो बोझ ।
मनोबोझ यत्ति थपिएछ कि म त्यही बोझले पुरिएर शरीरको आधा पाटो नचल्ने भएर कार्तिक १३ गते विराट नर्सिङ होमबाट बाहिरिएँ ।
खरैया पुगेर पन्ध्र दिनको दबाईपानी बोकेर रुझ्दैभिज्दै रूपनगर फर्किइयो । दबाई खाँदा केही बिसेक भयो । चार महिनासम्म खानुपर्ने डा. राजेन्द्रप्रसाद यादवको कथनले हर्दम घोचिरह्यो । किनभने दिनको एउटा सुई र दश थरिका कडा पावरका ओखतीको प्रयोगले शरीर छिद्र भइरहेको थियो ।
जताजतै खबर फैलिएछ । शुभचिन्तक महानुभावहरूको फोन आउने क्रम तीव्र भयो । जवाफ दिँदादिँदा हैरान भइयो । बोली अस्पष्टताका कारण झन् समस्या भयो ।
-नन्दलाल आचार्य
(लघु-संस्मरण)
नन्दलालजी शिघ्रस्वास्थ्यलाभको
नन्दलालजी शिघ्रस्वास्थ्यलाभको कामना छ !
Thanks for remembering. DHANYABAD SIR
I AM so happy to read this. DHANYABAD SIR