Skip to content

दुई मुक्तक (म जलेपछि मात्र)


१)
म जलेपछि मात्र आगो तापुला भनेर बस्यौ
अनि मात्र पत्रिकामा छापुला भनेर बस्यौ
जब पत्थर बनेर मूर्ति जस्तै अडिए म मन्दिरमा
त्यसपछि पोल्टाभरि आशीर्वाद थापुला भनेर बस्यौ ।।

२)
जन्मदिने आमा जन्मिएको माटो नबिर्सनु
सत्य अनि सदभावको पाटो नबिर्सनु
जसले जे जे गर्छन् गदै जान देऊ साथी
तिमीले आफ्नो इमान्दारीताको बाटो नबिर्सनु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *