Skip to content


बुढोको दिमागमा जवानको शरीर चाहिन्छ ।
जवानको शरीरमा बुढोको दिमाग चाहिन्छ ।

खारिएको अनुभव आफूले पोख्न पाउनुपर्छ
अनि पो विकासको गति तीब्र हुन पाउँछ
हे दुनियाँका महान आविष्कारकहरू !
बनाइदेऊ बुढोको दिमागमा जवानको शरीर
बनाइदेऊ जवानको शरीरमा बुढोको दिमाग

युवा जोश आफैँले सही ठाउँमा पोख्न पाउनुपर्छ
अनि पो सृष्टिका सबैले देवता हुन पाउँछन्
हे दुनियाँका महान आविष्कारहरू !
बनाइदेऊ बुढोको दिमागमा जवानको शरीर
बनाइदेऊ जवानको शरीरमा बुढोको दिमाग

२०७४ मङ्सिर ९
बिजु सुवेदी “विजय”
भकतजन मार्ग, काठमण्डौं
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *