हो नेता बन्ने बनाउनेको
नेपालैमा कार्खाना खुलेको ।
कार्खानाको साँचो त्यो खोली
भित्रै पस्ने बाटो त्यो उकालो ।
गोँजी भारी पारी राष्ट्र द्रव्य
खाई पेटै फुट्ने साह्रै देखी ।
बाँडी खाने इच्छा राख्ने लाई
पत्रै लेखी आमन्त्रणै गरे नी ।
जाऊँ खाऊँ लाऊँ भन्ने दाऊ
तिन्ले ठूलै घोँक्रो पार्दै फुक्छन् ।
कस्ले केके गर्छ भन्ने प्रष्टै
भूतैका कार्यैबाटै देखिन्छन्।