Skip to content

कारागारमा एउटा प्रेम


मनको बसपार्कमा टिकट काटेर
धड्कनको राजमार्ग हुँदैहुँदै
भन्सार छलेर
तिमीलाई मेरो प्रेम पठाएको छु
भन्न त भनेकै हौ प्रिय तिमीले
खै त मापसेमा परेर हो कि
या त बीच बाटोमा चेकपोष्ट भएर
पक्राउ परेर
कारागारसम्म पुग्यो
आएको छैन तिम्रो प्रेम
म कहाँ ।

कहिलेकाहीं
विहान मुस्कुराउदै झुल्किरहेको
घामलाई सोध्छु
घाम छिपिदै जान्छ
गोधूलि साँझलाई
सोध्दै हिड्छु
अँध्यारो हुँदैहुँदै जान्छ
राति चन्द्रमालाई सोध्छु
ग्रहन लागिदिन्छ
कहिलेकाहीं दुर्घट्नामा पर्यो कि
तिम्रो प्रेम भनेर
नजरहरुलाई हरेक ठाऊँ पुर्याउँछु
कतै सूचना पाउन सकेन
तिमीले पनि फेरि खबरै गरेनौ
एक दिन
बार्दलिमा बसेर जुनलाई सोधि हेर्छु

तिमीले आफैले भनिरहेको पाउँछ
“प्रिय”
भौतिक प्रेममा भुलिरहेको म
गुलाफ फूलको पत्रपत्रमा कहाँ भेटाउन
सक्थे र तिम्रो प्रेम
त्यसैले मलाई माफ गर प्रिय
तिमीलाई छलेमो अपराधमा
मेरो प्रेम यतिवेला
कारागारमा बन्दी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *