Skip to content

जोकर मुसा भुस बोकेर आउँछ


जोकर मुसा भुस बोकेर आउँछ जब गाउमा भोकमरी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छ

बिदेशले चन्द्रमामा यान पठाएर प्रकाश ल्याछ मानौ २
मेरो देशमा अँझै धानको ढुटो ल्याएर चामल पैठारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छ

प्यारमा कति सजिलै व्यापारी झै बहिस्कार गर्दियौ २
याद राख हिजो पवित्र थियो तिम्रो बदन अब सर्कारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छ !

मलाई दिनरात मेरै पाखाबारिको याद आउँछ आमा २
यो मान्छे कतारमा बस्यो भन्दैमा मन कहाँ कतारी हुन्छ
यो त्यस्तो देश जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छ

शहीदकी स्वास्नीको चुरा लिपुलेक लिम्पुधुरा बेचियो २
यस्तै हो भने भोलि मधेशको हर आद्मि बिहारी हुन्छ
जोकर मुसा भुस बोकेर आउछ जब गाउँमा भोकमरी हुन्छ

समयसङ्गै बद्लिएको छ लाजमर्दो यो समाज आज २
मन्दिरमा भुतको भजन हुन्छ भट्टीमा कृष्णमुरारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू नि भ्रष्टचारी हुन्छ

ती बनकरहरू फेरि पनि जङ्गल जानेछन र सङ्गुर झै २
कुडो खानेछन जब हाम्रो घरका गाई बस्तु मान्साहारी हुन्छ

जोकर मुसा भुस बोकेर आउछ जब गाउँमा भोकमरी हुन्छ
यो त्यस्तो देश यो जहाँ भगवानहरू पनि भ्रष्टचारी हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *