Skip to content

—भोट कहाँ खसाल्नुहुन्छ ?

—मत पेटिकामा ।

—छाप कहाँ राख्नुहुन्छ नि ?

—मतपत्रमा ।

—भोट कसलाई दिनुहुन्छ ?

—राम्रालाई ।

—तपाईं त साह्रै बाठो हुनुहुन्छ ।

—यही त हो नि गोप्य मतदान भनेको ।

—भन्दा फरक पर्छ र ?

—पर्छ नि ! किन चित्त नबुझेकाहरुसँग बैरभाव गर्ने । बरु तपाईं पनि गोप्य नै राख्नुहोस् ।

—अनि पछि जो जित्यो उसैलाई राखेको भन्नलाई ?

—त्यस्तो पनि होइन । यो अधिकारको प्रयोग हो । यो मौलिक हकअन्तर्गत पर्दछ ।

—अनि बहिस्कारवादीजस्तो देखियो नि ? के भन्नुहुन्छ यसबारेमा ? अब त फस्नुभो तपाईं ।

—बहिस्कारवादीलाई पनि नो भोट भन्ने अप्सनमा छाप राख्न दिनुपथ्र्यो । यसपाली निर्वाचन आयोग चुक्यो । अर्कोपालीदेखि यो हुन पनि सक्छ । सर्वोच्चमा गइसकेको केश हो यो । अर्कोपाली योभन्दा राम्रो सरकार आयो भने यो अवश्यनै कार्यान्वयन हुनेछ ।

—तपाईंलाई त धेरै कुरा आउँदो रहेछ ।

—यो पनि उहाँहरुको अधिकारभित्र पर्छ नि ।

—यो चुनावले के हुन्छ ?

—मत हालेकाले हारे पनि जिते पनि कानुनको जित हुन्छ । राम्रो प्रकृयाको थालनीसहित जित हुन्छ ।

—खुल्दुली धेरै मेटाइदिनुभयो , धेरै कुरा थाहा पाएँ । तपाईंले भनेजस्तै जनताको कानुनी राज्य कायम होस् । यही शुभ–कामना !

—मेरो पनि सबै नेपाली जनतालाई , संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हुनुको शुभ–कामना ।

२०७४ मङ्सिर १९
बिजु सुवेदी “विजय”
भकतजन मार्ग, काठमाण्डौं
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *